कोरोनाविरुद्धको खोप अभियानमा सहभागी हुन ऊर्जामन्त्रीको आग्रह

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले कोभिड–१९ सङ्क्रमणबाट जोगिने मुख्य उपाय खोप भएकाले सबै नागरिकलाई लगाउन आग्रह गरेकी छन् ।
उनले स्वास्थ्य मापदण्ड र खोपभन्दा अरु उपाय नभएकाले अधिकतमरूपमा मापदण्ड अपनाउन र खोपमा सहभागी हुन आग्रह गरिन् ।
चैतभित्र सबैलाई खोप लगाउने सरकारको लक्ष्य रहेको भन्दै उनले अभियानमा सहभागी बन्न सबैलाई आह्वान गरेकी छन् ।
नजिएको चाडपर्वमा सचेत भएर स्वास्थ्य मापदण्ड पालना गर्न पनि उनले आग्रह गरिन् ।
दसैँ, तिहार एवं छठजस्ता पर्व मनाउँदा ख्याल गर्न मन्त्री भुसालले अग्रह गरिन् । सामाजिक र सामूहिक एकताले राष्ट्रिय एकता सुदृढ हुने भएकाले चाडपर्वको महत्व रहेको उल्लेख गर्दै मन्त्री भुसालले सांस्कृतिक निरन्तरताका लागि हाम्रा चाडपर्वले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताइन् ।
कोभिडकै कारण गरिबी झनै बढेको र त्यसको न्यूनीकरणका लागि राज्यका सबै निकायले आ–आफ्नो तर्फबाट जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिँदै मन्त्री भुसालले कोभिडले आक्रान्त अर्थसामाजिक अवस्थालाई सुधार गर्नुपर्नेमा जोड दिइन् ।
गरिबीको रेखामुनि रहेका नेपाली जनतालाई माथि उठाउनकै लागि २० युनिटसम्म विद्युत् खपत गर्ने जनतलाई निःशुल्क विद्युत् उपलब्ध गराइएको जानकारी दिइन् ।
आफूले मन्त्रालय सम्हालेपछि विद्युत् महसुल दरमा कम गरेको उल्लेख गर्दै डलरमा खरिद गरिएको खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको प्रयोगलाई कम गर्दै लैजानुपर्नेमा पनि उनले जोड दिइन् ।
सो अवसरमा वाग्मती प्रदेशसभा सदस्य राजकाजी महर्जन, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यय र ललितपुर प्रहरी प्रमुख किरण बज्राचार्यले चाडबाडका समयमा कोभिड–१९ को मापदण्ड पालना गर्न र शान्तिसुरक्षालाई विशेष ध्यान दिन आग्रह गरेका थिए ।
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया