शनिबार, फागुन ९, २०८२

एमालेले भन्यो : माधव नेपाललाई बोलाइएको सर्वदलीय बैठक बहिष्कार गर्छौ

मेरोन्यूज २०७८ असोज १४ गते १०:०८

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफूबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीलाई बोलाइएको सर्वदलीय बैठकमा सहभागी नभई बहिष्कार गर्ने जनाएको छ । एमालेले माधव कुमार नेपालसहित १४ सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले कारबाही नगरेको, सरकारले आफ्नो दल विभाजन गर्न राजनीतिक दल सम्सबन्धि अध्यादेश ल्याएको र त्यसको औचित्य सकेपछि फेरि फिर्ता लिएको भन्दै सरकारको विरोध र संसदमा अवरोध गदै आइरहेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

गत भदौं २३ देखि जारी संसद्को अधिवेशन एमालेले सोही कारण आजसम्म निरन्तर अवरोध र नाराबाजी गदै आईरहेको छ । योबीचमा संसदको गतिरोध फुकाउन प्रधानमन्त्री शेरवहादुर देउवाले आफ्नो दुतका रुपमा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई एमाले अध्यक्ष केपी ओलीको बालकोट स्थित निवासमै पठाएर सम्वाद गरेपनि परिणाम सकाारतमक नदेखिएपछि प्रधानमन्त्रीले थप छलफलका लागि आज सर्वदलीय बैठक बोलाएका हुन् । बैठक केही बेरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु हुदैछ ।

‘प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा नेकपा एकीकृत समाजवादीलाई पनि निम्ता छ । त्यो पार्टीलाई जालझेल र असंवैधानिक तवरले विभाजन गरियो भनेर एमाले सर्वोच्च अदालतमा गएको छ । संसद्‍मा पनि १४ जनालाई प्रवेशमा रोक लगाउ भन्दै नारा लगाएकाले प्रावधिक रूपमा पनि एमाले प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा जादैन । त्यो बैठक हाम्रो तर्फबाट वहिष्कार हुन्छ,’ एमालेका एक नेताले बताए ।

प्रतिक्रिया