काठमाडौँमा सभा सम्मेलन गर्न रोक, घरमै दसैँ मनाउन आदेश

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज राति १२ बजेदेखि लागू हुने गरी अनावश्यक भिडभाड तथा मेला गर्न रोक लगाइएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बिहीबार एक आदेश जारी गर्दै अर्को सूचना प्रकाशन नहुँदासम्म सबै सबै सभा सम्मेलन प्रतिबन्ध लगाएको जानकारी दिएका हुन् ।
कोरोना भाइरस (कोभिड–१९) महामारीको जोखिम यथावत रहेको भन्दै भिडभाड हुने कार्यक्रमहरु आयोजना गर्न रोक लगाइएको आदेशमा उल्लेख छ । चाडपर्व तथा कोरोना महामारीलाई ध्यानमा राखेर आदेश जारी गरिएको छ ।
चाडपर्व मनाउँदा आफ्नै परिवारभित्र मात्र मनाउन आग्रह गरिएको छ । होटल, पार्टी प्यालेसलगायतले पनि स्वास्थ्य मापदण्ड पालना गर्नु पर्ने आदेशमा उल्लेख छ । यस्तै, आदेशमा सार्वजनिक यातायातको टिकट काट्दा आधिकारिक काउण्टरबाट मात्र काट्न यात्रुहरुलाई आग्रह गरिएको छ ।
बसमा यात्रुले अनिवार्य मास्क लगाउनु पर्ने, चालक, सहचालकले मास्क, भाइजर र ग्लोभ्स लगाउनु पर्ने तथा बसको ढोकामा अनिवार्य स्यानिटाइजर राख्नु पर्ने उल्लेख छ ।


















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
प्रतिक्रिया