आज कांग्रेस काठमाडौँको पालिका अधिवेशन हुँदै

काठमाडौँ । नेपाली कांग्रेस काठमाडौँको पालिका स्तरीय अधिवेशन आज हुने भएको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यता टुंगिएका जिल्लामा वडा र पालिका अधिवेशन गर्न निर्देशन दिएसँगै आज काठमाडौँमा पालिका स्तरीय अधिवेशन हुने भएको हो ।
काठमाडौँका निर्वाचन अधिकृत एवं वरिष्ठ अधिवक्ता नरहरि आचार्यले काठमाडौँ महानगरपालिकासहित १० नगरपालिकामा निर्वाचन हुन लागेको जानकारी दिए । काठमाडौँको दक्षिणकाली नगरपालिकामा भने आज अधिवेशन नहुने भएको छ ।
दक्षिणकाली–२ को क्रियाशील सदस्यता विवाद कायमै रहेकाले उक्त पालिकामा निर्वाचन सम्पन्न गर्न नसकिएको आचार्यले जानकारी दिए ।
प्रजातान्त्रिक पार्टी कांग्रेसको राजधानीमा हुने पालिका अधिवेशनलाई विशेष चासोका साथ हेरिएको छ । केन्द्रीय निर्वाचन समितिले हाल देशभरका ७० भन्दा बढी जिल्लाको क्रियाशील सदस्यता टुंगाएर अधिवेशनका लागि मार्गप्रशस्त गरिसकेको छ ।
यस्तै, केही जिल्लाको क्रियाशील सदस्यता विवादलाई भने टुंगाउन सकेको छैन । कांग्रेसले आगामी मंसिर ९ देखि १२ गतेसम्मका लागि केन्द्रीय महाधिवेशनको कार्यतालिका यसअघि नै तोकिसकेको छ ।















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया