सत्तारुढ गठबन्धन दलको बैठक बस्दै, मन्त्रालयको भागबण्डा टुंग्याउने
मेरोन्यूज
२०७८ असोज १७ गते १०:५०

काठमाडौँ । सत्तारुढ गठबन्धन दलका नेताहरूबीच बैठक बसेको छ । मन्त्रालयको भागबण्डा टुंग्याउन आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो ।
सरकार करिब तीन महिना पूरा हुनै लाग्दासमेत मन्त्री मण्डल विस्तार हुन सकेको छैन । दलभित्र एकपछि अर्को जटिलता थपिदै गर्दा मन्त्री मण्डल विस्तार हुन नसकेको हो ।
सरकार बनेका लामो समयसम्म एक राज्य मन्त्रीसहित ७ जना मन्त्री मात्रै टुंगो लागेको छ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वका बसेको कार्यदलको बैठकमा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)का
नेताहरू सहभागी भएका छन् ।
संख्यागत रुपमा काँग्रेसले ७, माओवादी, जसपा र एकीकृत समाजवादीले ५–५ मन्त्री र एक राज्य मन्त्री पाउने सहमति भएको थियो ।
सम्बन्धित















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया