बिहीबार, जेठ १, २०८२

सत्तारुढ गठबन्धन दलको बैठक बस्दै, मन्त्रालयको भागबण्डा टुंग्याउने

मेरोन्यूज २०७८ असोज १७ गते १०:५०

काठमाडौँ । सत्तारुढ गठबन्धन दलका नेताहरूबीच बैठक बसेको छ । मन्त्रालयको भागबण्डा टुंग्याउन आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो ।

सरकार करिब तीन महिना पूरा हुनै लाग्दासमेत मन्त्री मण्डल विस्तार हुन सकेको छैन । दलभित्र एकपछि अर्को जटिलता थपिदै गर्दा मन्त्री मण्डल विस्तार हुन नसकेको हो ।

सरकार बनेका लामो समयसम्म एक राज्य मन्त्रीसहित ७ जना मन्त्री मात्रै टुंगो लागेको छ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वका बसेको कार्यदलको बैठकमा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)का
नेताहरू सहभागी भएका छन् ।

संख्यागत रुपमा काँग्रेसले ७, माओवादी, जसपा र एकीकृत समाजवादीले ५–५ मन्त्री र एक राज्य मन्त्री पाउने सहमति भएको थियो ।

प्रतिक्रिया