केही मान्छेहरू म बाँचेकोमा चिन्तित छन् : केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही मान्छेहरू आफू बाँचिरहेकाले चिन्तित भएको बताएका छन् । पार्टीको विधान महाधिवेशनमा आफूले पेश गरेको प्रतिवेदनको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
‘केही मान्छेहरू म बाँचेकोमा चिन्तित छन्, मलाई कार्यकर्ताले माया गरेको देखेर चिन्तित छन्,’ उनले भने, ‘७० वर्षको त्यस्ता कठिन दिनमा त पार्टीमा लागेँ–बाँचेँ भने अब त यस्तो कठिन दिन नआउला नि ।’
यस्तै, अध्यक्ष ओलीले यस कार्यक्रममा बोल्दै जनताको बहुदलीय जनवाद (जबज)को सिद्धान्त थप स्पष्ट हुने अवस्थामा आएको बताए । जबजको सिद्धान्त सरल र सहज हुँदै गएकाले साधरण मानिसले समेत स्पष्ट हुने अवस्थामा आएको बताएका हुन् ।
उनले केही मान्छे एमालेभित्र झगडा भइदिए हुन्थ्यो भन्ने भाव राखेर अनावश्यक हल्ला चलाउँदै आएको बताए । ‘एमालेको एकता तोड्न अनेक भ्रम छर्दै छन्, मलाई देवत्वकरण गरेको भन्ने हल्ला फैलाइएको छ,’ उनले भने ।
उनले दक्षिणपन्थी अवसरवादले पार्टी एकता हुन नदिने भन्दै यस्तालाई परास्त गर्दै जबजको मार्ग दर्शनमा अघि बढ्नु पर्ने बताए ।
प्रतिक्रिया