घर्तीको उपचारमा १२ लाख बढी सहयोग
बागलुङ । केही वर्षअघि वैदेशिक रोजगारीका क्रममा लडेर टाउकोमा गम्भीर चोट लागेपछि नियमित उपचारमा रहेका पोषबहादुर घर्तीलाई आर्थिक सहयोग गरिएको छ । ताराखोला गाउँपालिका–५ का ४५ वर्षीय घर्तीको उपचारमा स्थानीय नवसिर्जना र असारे युवा क्लब मिलेर १२ लाख ४३ हजार ५५५ आर्थिक सहायता जुटाएका हुन् । सो रकम वडाध्यक्ष रामबहादुर रोकालगायतको उपस्थितिमा शनिबार घर्तीकी धर्मपत्नी छलमायालाई हस्तान्तरण गरिएको नवसिर्जना युवा क्लबका अध्यक्ष पूर्णभद्र निउरेले बताए ।
घर्तीको टाउकाको नसामा समस्या देखिएपछि दुई पटकसम्म जटिल शल्यक्रिया गरिएको र थप उपचारका लागि परिवारजनले आर्थिक सहयोगको याचना गरेपछि अभियान चलाइएको थियो । घर्तीको उपचारका लागि देश विदेशमा रहेका ताराखोलावासीबाट सहयोग उठेको क्लबका अध्यक्ष निउरेले बताए । पहिलो चरणमा संकलित रकम हस्तान्तरण गरिए पनि इच्छुक व्यक्तिबाट थप सहयोग जुटाइने उनको भनाइ छ ।
घर्तीको अहिले पोखरास्थित फेवा सिटी अस्पतालमा उपचार भइरहेको छ । वडाध्यक्ष रोकाले गाउँमा स्थापित क्लबहरुले मानवीय सेवाका क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गरे । उनले खेलकुद र मनोरञ्जनका क्षेत्रमा मात्र क्लब सीमित हुन नहुने धारणा राखे ।
देश विदेशबाट गरी ३०० बढीले घर्तीको उपचारका लागि आर्थिक सहयोग गरेको क्लबका अध्यक्ष न्यूरेले जानकारी दिए । प्रतिव्यक्ति न्यूनतम एक सयदेखि ५० हजारसम्म र केही संस्थागत सहयोग पनि प्राप्त भएको उनको भनाइ छ ।













मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
अत्यधिक चिसोका कारण विद्यार्थी बिरामी, ढोरपाटन क्षेत्रको पठनपाठन प्रभावित
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
प्रतिक्रिया