अखिल क्रान्तिकारीको बन्दसत्रमा नाराबाजी र तोडफोड

काठमाडौं । माओवादी विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको अन्तिम दिन बन्दसत्रमा प्रतिनिधिहरुले नाराबाजी र तोडफोड गरेका छन् ।
बन्द सत्रमा अध्यक्ष र १ सय ९९ सदस्यीय केन्द्रीय समिति मात्रै घोषणा गरिएपछि विद्यार्थी प्रतिनिधिहरु असन्तुष्ट बनेका हुन् ।
असन्तुष्ट विद्यार्थीहरुले पार्टी नेतृत्व विरुद्ध नाराबाजी गर्नुका साथै बन्दसत्रका कुर्चीहरु तोडफोड गरेका छन् ।
विद्यार्थीहरु बन्दसत्रमै नाराबाजी र तोडफोडमा उत्रिएपछि सुरक्षाकर्मी प्रवेश गरी विद्यार्थीहरुलाई रोकेको थियो ।
संगठनको नेतृत्वका लागि महत्वाकांक्षी धेरै भएपछि महिला नेतृ पञ्चा सिंहलाई अध्यक्ष चयन गर्दै अन्य महत्वाकांक्षी सबैलाई पार्टीकै केन्द्रीय सदस्य मनोनित गरिएको थियो ।
अध्यक्षबाहेक अन्य पदमा पनि महत्वाकांक्षी धेरै भएपछि १ सय ९९ सदस्यीय केन्द्रीय समिति मात्रै बनाइएको थियो ।
सोमबार मात्रै महासचिवमा उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई चयन गर्ने सहमति भएको थियो ।
यसअघि नरेश रेग्मीलाई महासचिव बनाइएको समाजिक सञ्जालमा छाएको थियो ।
प्रतिक्रिया