प्रचण्ड-माधव नेपाल वीच कोटेश्वरमा भेटवार्ता
मन्त्रिपरिषद् ढिलाई गर्न नहुनेमा एकमत, घटस्थापना अगाडी पूर्णता दिने विषयमा छलफल

काठमाडौं । सरकार विस्तारमा सत्ता गठवन्धन दलहरुले नै अलमल गरिरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालवीच भेटवार्ता भएको छ ।
५ दिन त्रिवि शिक्षण अस्पतालमा भर्ना भइ उपचाररत नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल सोमबार अस्पतालवाट डिश्चार्ज भएपछि प्रचण्ड–नेपालवीच भेटवार्ता भएको हो । प्रधानमन्त्री शेरवहादुर देउवाले मन्त्रिहरुको नाम पटक-पटक दिन आग्रह गरेपनि सत्ता गठवबन्धन दलभित्र मन्त्रालय भागवन्डा मिल्न नसक्दा मन्त्रिपरिषद् विस्तारमा दिढलाई हुँदै आएको थियो । यद्यपी, आइतबार गठवन्धन दलभित्रका कार्यदल तहमा मन्त्रालय भागवन्डा लगायत अन्य राजनीतिक नियुक्तिहरुका विषयमा केन्द्रीत रहेर छलफल भएको थियो।
प्रचण्डले सोमबार मात्रै नेता नेपाल अस्पतालवाट डिश्चार्ज भएपछि आजै साँझसम्म सम्भवत मनित्रपरिषद् विस्तार हुने पार्टी निकट वुद्दिजिवि संगठनको राष्ट्रिय भेलामा बताएका थिए । त्यसपछि उनले आज माधव नेपालसाग भेटवार्ता गरेका हुन् ।
भेटवार्ता अहिले पनि जारी छ । माधव नेपालको निवास कोटेश्वरमै नेपालसँग भेट गर्न पुगेका प्रचण्ड मन्त्रिपरिषद् विस्तारमा अव ढिलाई गर्न नहुने पक्षमा छन् । उनले आजै प्रधानमन्त्रीसँग पनि यस विषयमा कुरा गरेर आफनो पार्टीका तर्फबाट भने साँझ सम्ममै नाम टुग्गो लगाई प्रधानमन्त्रीलाई वुझाउने तयारी गरेको माओवादीका एक स्थायी कमिटि सदस्यले जानकारी दिए ।
सोमबार प्रचण्डसँग प्रधानमन्त्री देउवाका प्रतिनिधीका रुपमा कानुनमनत्री ज्ञानेन्द्रवहादुर काकीृले खुमलटारमै पुगेर भेटवार्ता गरेका थिए । त्यसपछि साझ नै प्रधानमन्त्री देउवा र माओवादी केनद्रका अध्यक्ष प्रचण्डका वीचमा बालुवाटारमा भेटवार्ता पनि भएको थियो । झण्डै ढेड घण्टा प्रधानमन्त्री र प्रचण्डका वीचमा भेटवार्ता भएपछि आज विहानै प्रचण्ड सत्ता गठवन्धनकै अर्काे दल नेकपा एकीकृत समाजवादीका अध्यष माधव नेपालसँग भेटवार्ताका लागि पुगेका हुन् ।
दलहरुका वीचमा आन्तरिक परामर्श गर्ने र सम्भवभएसम्म आजै साँझ नभएपनि भोलि सम्म मनित्रपरिषद् विस्तार गर्ने योजनामा सत्ता गठवन्धन दलका नेताहरु जुटेका हुन् । दशैंमा नव निर्वाचित मन्त्रीहरुलाई स्वागत गर्ने गरी सरकारले पर्सि विहिवार घटस्थापना अगाडी नै मनित्रपरिषद् विस्तारको काम लाई पूर्णता दिने गरी अगाडी वढेका छन् ।

















जिलीको अत्याधुनिक ‘सर्ट ब्लेड’ ब्याट्री अब नेपालमा, ईएक्स ५ मार्फत उपलब्ध
Chhayanath Rara Municipality approves Procedures on Labour Bank
मधेश बलियो भए मात्रै मुलुकमा संघीयता सुरक्षित रहन्छ : उपेन्द्र यादव
कार्यवाहक प्रमुख निर्वाचन आयुक्तले भने – निर्वाचन हुँदैन भन्ने हल्लाको पछि नलाग्नू
वैदेशिक रोजगार सुरक्षित बनाउन गाउँगाउँमा सचेतना अभियान
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
बेलायतका पूर्व राजकुमार एन्ड्रयु पक्राउ
प्रतिक्रिया