माओवादीको बुद्धिजीवी संगठनमा नयाँ नेतृत्व

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सम्बद्ध नेपाल बुद्धिजीवी संगठनमा नयाँ नेतृत्व चयन भएको छ । वुद्दिजीवी संगठनको राष्ट्रिय भेलाले संगठनको केन्द्रीय संयोजकमा कृष्ण केसी र सहसंयोजकमा नीलकण्ठ तिवारीलाई चयन गरेको छ ।
आउने पौष ८ र ९ गते राष्ट्रिय सम्मेलन गर्ने निर्णय गदै माओवादीको वुद्दिजीवीको राष्ट्रिय भेला सम्पन्न भएको हो । भेलाले एक विशेष समिति थप गर्ने प्रस्तावसहित निर्वाचन आयोगको प्रमुखमा अधिवक्ता उपेन्द्र पौडेल, लेखा परीक्षण आयोगको प्रमुखमा मित्र शर्मा र अनुशासन आयोगको प्रमुखमा टेकबहादुर थापालाई चयन गरेको छ ।
सो भेलामा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, संगठन विभाग प्रमुख तथा अर्थमन्त्री जनार्दन शर्मा, बुद्धिजीवी संगठनका फ्याक्सन इन्चार्ज दीनानाथ शर्मा, केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठ, सो संगठनका पूर्व अध्यक्षहरु शुरेस आले मगर, खिमलाल देवकोटा र नरेश भण्डारी लगायतका नेताहरुको सहभागिता रहेको थियो ।
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया