प्रदेश २ का मुख्यमन्त्री राउतले विश्वासको मत लिंदै
मेरोन्यूज
२०७८ असोज २० गते ९:१७

काठमाडौँ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिंदैछन् । उनले बुधबार बिहान ११ बजे प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन् ।
जनता समाजवादी पार्टी (जसपा) फुटेपछि उनले विश्वासको मत लिन लागेका हुन् । तर मुख्यमन्त्री राउतले विश्वासको मत पाउने निश्चित छ । कुल १०४ जना सांसद रहेको प्रदेश २ मा सत्तारुढ जसपाका ३९, नेपाली कांग्रेसका १९, नेकपा एकीकृत समाजवादीका १३ र नेकपा माओवादी केन्द्रका ८ जना गरी ७९ जना सांसदले मुख्यमन्त्रीलाई विश्वासको मत दिने भएका छन् ।
मुख्यमन्त्री राउतलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का १६, नेकपा एमालेका ८ र नेपाल संघीय समाजवादी पार्टीका १ सांसदले विश्वासको मत दिने छैन्न ।
सम्बन्धित










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया