मन्त्री छान्न माओवादी र जसपाको बैठक बस्दै

काठमाडौँ । सत्ता रुढ दल नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपा मन्त्री छनौट गर्दैछन् । मन्त्री छनोट गर्न माओवादी केन्द्रको स्थायी कमिटी बैठक र जसपाको कार्यकारिणी समितिको बैठक बुधबार बस्दैछ ।
मंगलबार बसेको गठबन्धनको बैठकमा मन्त्रालय भागबण्डामा सहमति भएको थियो । बैठकमा कांग्रेसले आठ मन्त्री र एक राज्यमन्त्री, माओवादी केन्द्रले ५ मन्त्री र एक राज्य मन्त्री, नेकपा एकीकृत समाजवादीले चार मन्त्री र एक राज्यमन्त्री तथा जसपाले चार मन्त्री पाउने सहमति भएको थियो ।
उक्त सहमतिपछि सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जसपा मन्त्री छनोटमा व्यस्त छन् । गत असार २९ गते कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । तर प्रधानमन्त्रीमा नियुक्त भएको तीन महिना पुग्नै लाग्दा पनि देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैन्न ।
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया