भाग बण्डा नमिल्दा मन्त्री मण्डल विस्तार रोकियो
मेरोन्यूज
२०७८ असोज २१ गते १७:४७

काठमाडौँ । सत्ता गठबन्धन दलका शीर्ष नेताहरूबीच मन्त्रिपरिषद् विस्तारमा जुटे पनि आज मन्त्री मण्डलले पूर्णता नपाउने भएको छ ।
दलहरूले मन्त्रीको नाम टुंगो लगाइसकेका छन् । तर, दलहरुबीच मन्त्रालय भाग वण्डामा विवाद हुँदा मन्त्री मण्डल विस्तार हुन नसकेको हो ।
सत्ता गठबन्धनमा रहेका दलहरू नेपाली कांग्रेसले ८, नेकपा माओवादी केन्द्रले ५, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले ४–४ मन्त्रालय लिने सहमति भइसकेको थियो ।
तर, मन्त्रालयका विषयमा दलहरुबीच कुरा मिल्न सकेको छैन ।
बिहीबार मन्त्रिपरिषद विस्तार हुने भनिए पनि भोलि शुक्रबार मात्रै विस्तार हुने स्रोतले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया