शनिबार, फागुन ३, २०८१

मन्त्रिपरिषद् विस्तारमा बल्ल जुटयो सहमति

ज्योतिषीको साइत हेरेर भोलि ४ वजे मन्त्रीहरुको सपथ ग्रहण हुने

बागमति र प्रदेश १ को मुख्यमन्त्री पनि नेकपा एकीकृत समाजवादीलाई दिने समझदारी

मेरोन्यूज २०७८ असोज २१ गते १९:३६

काठमाडौँ । प्रधानमन्त्री शेरवहादुर देउवाले लामो समयसम्म मन्त्रीपरिषद् विस्तार गर्न नसकेको भनी चौतर्फी आलोचना भईरहँदा भोलि मन्त्रिपरिषद्ले पूर्णता पाउने भएको छ । देउवाले सत्ताको नेतृत्व सम्हालेको ९० दिनमा मन्त्रिपरिषद्लाई पूर्णता दिन लागेका हुन् । त्यसका लागि प्रधानमन्त्री देउवाले नवनियुक्त मन्त्रीहरुको सपथका लागि ज्योतिषीसँगको साइत हेराएर समय जुराएका छन् ।

Advertisement
IMEnabil

विहिवार सत्ता गठबन्धन दलका वीचमा मन्त्रालय भागवन्डा लगायत प्रदेश सरकार सम्मका विषयमा प्इाकेज सहमति जुटेपछि भोलि मन्त्रिपरिषदे ले पूर्णता पाउन लागेको हो ।

केही दिन अगाडी मात्रै दलहरुका वीचमा मन्त्रालय भागवन्डा भएको थियो । तर देउवा सरकार बनाउन निर्णायक बनेका माओव नेपालले आफनो पार्टीलाई छुटटाएको मन्त्रालयमा त्यक्ति चित्त नवुझाएपछि उनको पार्टीले स्वास्थ्य मन्त्रालय लिने र कानुन तथा संसदीय मामिला मन्त्रालय भने काग्रेसले लिने गरी साटासाट भएको छ । बागमति र प्रदेश १ को मुख्यमन्त्री पनि नेकपा एकीकृत समाजवादीलाई दिने समझदारी बनेको छ । यो सगै सत्ता गठवन्धनका वीचमा सहमति जुटेको हो ।

सहमति जुटेसँगै प्रधानमन्त्री देउवाले ज्योतिषीसँग साइत हेराएर मन्त्रिहरुलाई कुन समयमा सपथ खुवाउँदा राम्रो होला भनी हेराएको र समय भोलि शुक्रवार ४ वजेका लागि जुरेको बालुवाटार स्रोतले बताएको छ ।


सत्ता गठवन्धन दलहरुका वीचमा कांग्रेसलाई प्रधानमन्त्रीसहित ९, माओवादी केन्द्रलाई ५, जसपा र नेकपा एकिकृत समाजवादीले ४–४ मन्त्रालय लिने सहमति गरेका छन् ।

‘मन्त्रालय बाँडफाँड अव टुग्गिएको छ । शुक्रबार ४ बजे शपथ गराउने गरी तयारी भएको छ, ज्योतिषीले ४ वजे गराउँदा उत्तम हुने बताएपछि सोही समय तोकिएको छ’ बालुवाटार श्रोतले भन्यो ।

कांग्रेसले प्रधानमन्त्रीसहित रक्षा, गृह, परराष्ट्र, सञ्चार तथा सूचना प्रविधि, महिला तथा बालबालिका र युवा तथा खेलकुद मन्त्रालय पाउने छ । नेकपा माओवादी केन्द्रले अर्थ, ऊर्जा, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था तथा गरिबी निवारण र खानेपानी मन्त्रालय पाएको छ । जसपाले भौतिक पुर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी, संघीय मामिला तथा सामान्य प्रशासन र बन तथा बातावरण र नेकपा एकीकृत समाजवादीले स्वास्थ्य, शहरी विकास, संस्कृति तथा पर्यटन र श्रम तथा रोजगार मन्त्रालय पाएको छ ।

माओवादीले छान्यो, अरु आन्तरिक तयारीमा


भोलि मध्यान्हसम्म प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्ने र अपरान्ह ४ बजे नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण गराउने तयारी भएसँगै सत्ता गठवन्धन दल आन्तरिक तयारीमा छ । माओवादी केन्द्रले आफुले पठाउने वाँकी ३ मन्त्रालय र १ राज्यमन्त्रीको नाम वुधबार नै छनौट गरिसकेको छ । माओवादीले स्थायी समिति सदस्य देवेन्द्र पौडेल, महेश्वर गहतराज र शषि श्रेष्ठ लाई मन्त्री र बोधमाया यादवलाइृ राज्यमन्त्री पठाउने गरी पार्टी स्थायी समिति बैठकबाट निर्णय लिईसकेको छ ।

काग्रेसमा पौडेल पक्षले ३ मन्त्री पाउनु पर्ने माग देउवासँग गरिरहेका छन् । तर देउवाले पौडेल पक्षलाई २ र सिटौला पक्षलाई १ मन्त्रालयको जिम्मा दिन चाहेका छन् । पौडेल समुहमा आकाक्षी नेताहरुको संख्या नै वढी रहेको र मन्त्रालयको संख्या देउवाले २ मात्र दिने बताएपछि थप अप्ठ्यारोमा पौडेल समुह छ । महाधिवेशनको सम्मुखमा सरकारका मन्त्री छान्नु पर्ने भएकाले सवै आकाक्षीलाई चित्त वुझाएर त्यसभित्रवाट २ मन्त्री कसरी बनाउने भन्नेमा आन्तरिक छलफलमा छ ।


पौडेल पक्षवाट मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, तेजुलाल चौधरी, राजन केसी र सञ्जय गौतम वढी मन्त्रीका आकाक्षी छन् । २ ओटा मन्त्रालय मात्र देउवाले दिँदा यीमध्ये रिजाल र बडूको सम्भावना बढी रहेको काग्रेसका पौडेल पक्षका एक नेताले बताए । रिजाल महामन्त्री शशांक कोइराला र बडू वरिष्ठ नेता पौडेलनिकट हुन् । प्रकाशमान सिंहले भने राजन केसीलाई मन्त्री बनाउन चाहेका छन् ।

जसपामा भने संघीय परिषद् अध्यक्ष डा बाबुराम भटटराइृ, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईले मन्त्री छान्ने जिम्मा पाएका थिए । उनीहरुले आन्तरिक छलफल गरेपनि नाम गोप्य राखेका छन् । एकीकृत समाजवादीले भने स्थायी कमिटि बैठकबाट निर्णय लिन खोजेको थियो । सत्ता गठवन्धनका वीचमा भएको छलफल माधव नेपालले गठवन्धनको बैठकबाट वाहिरिएर फेरि स्थायी कमिटि बैठकमा सहभागी हुन पुगेका थिए ।

प्रतिक्रिया