मन्त्रिपरिषद् विस्तारमा बल्ल जुटयो सहमति
ज्योतिषीको साइत हेरेर भोलि ४ वजे मन्त्रीहरुको सपथ ग्रहण हुने
बागमति र प्रदेश १ को मुख्यमन्त्री पनि नेकपा एकीकृत समाजवादीलाई दिने समझदारी

काठमाडौँ । प्रधानमन्त्री शेरवहादुर देउवाले लामो समयसम्म मन्त्रीपरिषद् विस्तार गर्न नसकेको भनी चौतर्फी आलोचना भईरहँदा भोलि मन्त्रिपरिषद्ले पूर्णता पाउने भएको छ । देउवाले सत्ताको नेतृत्व सम्हालेको ९० दिनमा मन्त्रिपरिषद्लाई पूर्णता दिन लागेका हुन् । त्यसका लागि प्रधानमन्त्री देउवाले नवनियुक्त मन्त्रीहरुको सपथका लागि ज्योतिषीसँगको साइत हेराएर समय जुराएका छन् ।
विहिवार सत्ता गठबन्धन दलका वीचमा मन्त्रालय भागवन्डा लगायत प्रदेश सरकार सम्मका विषयमा प्इाकेज सहमति जुटेपछि भोलि मन्त्रिपरिषदे ले पूर्णता पाउन लागेको हो ।
केही दिन अगाडी मात्रै दलहरुका वीचमा मन्त्रालय भागवन्डा भएको थियो । तर देउवा सरकार बनाउन निर्णायक बनेका माओव नेपालले आफनो पार्टीलाई छुटटाएको मन्त्रालयमा त्यक्ति चित्त नवुझाएपछि उनको पार्टीले स्वास्थ्य मन्त्रालय लिने र कानुन तथा संसदीय मामिला मन्त्रालय भने काग्रेसले लिने गरी साटासाट भएको छ । बागमति र प्रदेश १ को मुख्यमन्त्री पनि नेकपा एकीकृत समाजवादीलाई दिने समझदारी बनेको छ । यो सगै सत्ता गठवन्धनका वीचमा सहमति जुटेको हो ।
सहमति जुटेसँगै प्रधानमन्त्री देउवाले ज्योतिषीसँग साइत हेराएर मन्त्रिहरुलाई कुन समयमा सपथ खुवाउँदा राम्रो होला भनी हेराएको र समय भोलि शुक्रवार ४ वजेका लागि जुरेको बालुवाटार स्रोतले बताएको छ ।
सत्ता गठवन्धन दलहरुका वीचमा कांग्रेसलाई प्रधानमन्त्रीसहित ९, माओवादी केन्द्रलाई ५, जसपा र नेकपा एकिकृत समाजवादीले ४–४ मन्त्रालय लिने सहमति गरेका छन् ।
‘मन्त्रालय बाँडफाँड अव टुग्गिएको छ । शुक्रबार ४ बजे शपथ गराउने गरी तयारी भएको छ, ज्योतिषीले ४ वजे गराउँदा उत्तम हुने बताएपछि सोही समय तोकिएको छ’ बालुवाटार श्रोतले भन्यो ।
कांग्रेसले प्रधानमन्त्रीसहित रक्षा, गृह, परराष्ट्र, सञ्चार तथा सूचना प्रविधि, महिला तथा बालबालिका र युवा तथा खेलकुद मन्त्रालय पाउने छ । नेकपा माओवादी केन्द्रले अर्थ, ऊर्जा, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था तथा गरिबी निवारण र खानेपानी मन्त्रालय पाएको छ । जसपाले भौतिक पुर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी, संघीय मामिला तथा सामान्य प्रशासन र बन तथा बातावरण र नेकपा एकीकृत समाजवादीले स्वास्थ्य, शहरी विकास, संस्कृति तथा पर्यटन र श्रम तथा रोजगार मन्त्रालय पाएको छ ।
माओवादीले छान्यो, अरु आन्तरिक तयारीमा
भोलि मध्यान्हसम्म प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्ने र अपरान्ह ४ बजे नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण गराउने तयारी भएसँगै सत्ता गठवन्धन दल आन्तरिक तयारीमा छ । माओवादी केन्द्रले आफुले पठाउने वाँकी ३ मन्त्रालय र १ राज्यमन्त्रीको नाम वुधबार नै छनौट गरिसकेको छ । माओवादीले स्थायी समिति सदस्य देवेन्द्र पौडेल, महेश्वर गहतराज र शषि श्रेष्ठ लाई मन्त्री र बोधमाया यादवलाइृ राज्यमन्त्री पठाउने गरी पार्टी स्थायी समिति बैठकबाट निर्णय लिईसकेको छ ।
काग्रेसमा पौडेल पक्षले ३ मन्त्री पाउनु पर्ने माग देउवासँग गरिरहेका छन् । तर देउवाले पौडेल पक्षलाई २ र सिटौला पक्षलाई १ मन्त्रालयको जिम्मा दिन चाहेका छन् । पौडेल समुहमा आकाक्षी नेताहरुको संख्या नै वढी रहेको र मन्त्रालयको संख्या देउवाले २ मात्र दिने बताएपछि थप अप्ठ्यारोमा पौडेल समुह छ । महाधिवेशनको सम्मुखमा सरकारका मन्त्री छान्नु पर्ने भएकाले सवै आकाक्षीलाई चित्त वुझाएर त्यसभित्रवाट २ मन्त्री कसरी बनाउने भन्नेमा आन्तरिक छलफलमा छ ।
पौडेल पक्षवाट मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, तेजुलाल चौधरी, राजन केसी र सञ्जय गौतम वढी मन्त्रीका आकाक्षी छन् । २ ओटा मन्त्रालय मात्र देउवाले दिँदा यीमध्ये रिजाल र बडूको सम्भावना बढी रहेको काग्रेसका पौडेल पक्षका एक नेताले बताए । रिजाल महामन्त्री शशांक कोइराला र बडू वरिष्ठ नेता पौडेलनिकट हुन् । प्रकाशमान सिंहले भने राजन केसीलाई मन्त्री बनाउन चाहेका छन् ।
जसपामा भने संघीय परिषद् अध्यक्ष डा बाबुराम भटटराइृ, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईले मन्त्री छान्ने जिम्मा पाएका थिए । उनीहरुले आन्तरिक छलफल गरेपनि नाम गोप्य राखेका छन् । एकीकृत समाजवादीले भने स्थायी कमिटि बैठकबाट निर्णय लिन खोजेको थियो । सत्ता गठवन्धनका वीचमा भएको छलफल माधव नेपालले गठवन्धनको बैठकबाट वाहिरिएर फेरि स्थायी कमिटि बैठकमा सहभागी हुन पुगेका थिए ।
















म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने
कान्तिलोकपथ सडकमा ठोक्यिो ट्रक र स्कुटर, एक जनाको मृत्यु
ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार
सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील
टीकापुर महोत्सवमा टिकट बिक्रीबाट ५० लाख आम्दानी
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल
प्रतिक्रिया