नाइजेरियामा बन्दुकधारीको आक्रमणमा परी २४ जनाको हत्या
काठमाडौँ । बन्दुकधारीहरूको आक्रमणमा परी नाइजेरियामा कम्तीमा २४ जनाको मृत्यु भएको छ । बन्दुकधारीहरूले देशको उत्तरपश्चिमी क्षेत्रका दुई ठाउँमा आक्रमण गरेको अधिकारीहरूले जानकारी दिएका छन् ।
आक्रमणकारीहरू आपराधिक समूहका बन्दुकधारी भएको पनि प्रहरी र स्थानीय बासिन्दाले दाबी गरेका छन् । उनीहरूले केही समयदेखि देशको उत्तरीपश्चिमी तथा मध्यभागमा ठूलो संख्यामा आक्रमण गर्ने, अपहरण गर्ने, लुटपाट गर्ने, आगजनी गर्नेलगायतका हिंसात्मक क्रियाकलाप गर्दै आएका छन् ।
सरकारी सैनिकले गतहप्ता त्यस क्षेत्रका आक्रमणकारीहरूलाई निस्तेज पारेको दाबी गरे पनि उनीहरूले आक्रमणलाई निरन्तरता दिएका छन् । बिहीबार मोटरसाइकलमा आएका सयौँ आक्रमणकारीहरूले देशको कात्सिना र जाम्फारा क्षेत्रमा आक्रमण गरेको जनाइएको छ ।
उनीहरूको आक्रमणमा परी स्थानीय बासिन्दाको मृत्यु भएको छ भने दर्जनौँको घरबार जलेर ध्वस्त भएको प्रहरीले जनाएको छ ।









पुरानै संरचनामा फर्कियो एमाले, पदाधिकारी १९, स्थायी कमिटी यथावत
एमाले महाधिवेशनको बन्दसत्र सुरु हुने समय फेरि सर्याे
डेङ्गीको सङ्क्रमण घट्दो क्रममा
जसपाद्वारा उमदेवारको नाम सिफारिस गर्न सर्कुलर
एमाले उपाध्यक्ष युवराज ज्ञवालीले गरे उम्मेदवार नबन्ने घोषणा
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
प्रतिक्रिया