बुधबार, फागुन ७, २०८१

विपक्षी दलको विरोधकाबीच प्रतिनिधिसभा बैठक सम्पन्न

मेरोन्यूज २०७८ असोज २२ गते १३:४३

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गरेको विरोधका बीच प्रतिनिधिसभा बैठक बसेको छ । संसद बैठक सुरु हुनासाथ एमाले सांसदहरू नाराबाजी गरेका थिए ।

Advertisement
IMEnabil

अवरोधका बीच सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठकलाई निरन्तरता दिएका थिए । बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संघीय निजामति सेवा विधेयक र रेल्वे सेवा विधेयक फिर्ता लिएको जानकारी दिएका थिए ।

अर्को बैठक आगामी २५ गते सोमबार दिउँसो २ बजे बस्ने भएको छ ।

प्रतिक्रिया