कांग्रेसबाट मन्त्रीको नाम टुंगियो, कानूनमन्त्री सञ्चारमा (सूचिसहित)

काठमाडौं । नेपाली कांग्रेसकातर्फबाट सरकारमा सहभागी हुने नेताको नाम टुंगो लागेको छ ।
कांग्रेसबाट शुक्रबार डा. मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, उमा रेग्मी र उमाकान्त चौधरी मन्त्री बन्ने भएका छन् ।
सरकारका प्रवक्ता बनाइएका कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्री बनाइने भएको छ ।
कांग्रेसको भागमा प्रधानमन्त्रीसहित नौ मन्त्री परेको छ । ती मध्ये ७ मन्त्री र एक राज्यमन्त्री परेको छ ।
यसअघि तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त भइसकेका छन् । कांग्रेसको भागमा परेको खानेपानी मन्त्रालयको नेतृत्व उमाकान्त चौधरीले गर्ने भएका छन् भने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मी हुने निश्चित भएको छ ।
यसअघि स्वास्थ्य राज्यमन्त्री बनाइएका उमेश श्रेष्ठलाई भने प्रधानमन्त्री एवम् मन्त्रिपरिषदको कार्यालयमा तानिएको छ ।
कांग्रेसबाट यसअघि बालकृष्ण खाँण गृह, नारायण खड्का परराष्ट्रमन्त्री भइसकेका छन् ।













कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
पूर्वीनाकाबाट गोलभेँडाको आयात ९३२ प्रतिशतले बढ्यो
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु
निर्वाचन व्यवस्थापनसम्बन्धी दुई दिने अभिमुखिकरण सुरु
बैतडीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
प्रतिक्रिया