हेलिकप्टरभरि पैसा लिएर भागेको भन्दै पूर्व राष्ट्रपतिमाथि अमेरिकाले अनुसन्धान गर्ने

काठमाडौँ । अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरेसँगै देश छाडेर भागेका तत्कालीन राष्ट्रपति अशरफ गनीमाथि अमेरिकाले जाँच गर्ने भएको छ । अमेरिकाले देश छाडेर भाग्ने क्रममा राष्ट्रपति गनीले कति रकम लिएर गए भन्ने विषयमा जाँच गर्ने भएको हो ।
काबुलस्थित रूसी दूतावास तथा मिडियाहरूले गनीले १५ अगस्तमा देश छाड्दै गर्दा एक हेलिकप्टरभरि पैसा लिएर गएको समाचार प्रकाशित गर्दै आएको थियो । समाचारमा जनाइएअनुसार गनीले यति पैसा लगेका थिए कि हेलिकप्टरमा नअटाएपछि बाँकी पैसा एयरपोर्टमा नै छाडेका थिए ।
तर, युएईमा रहेका तत्कालीन राष्ट्रपति गनीले आफूमाथि लागेको आरोपको खण्डन गर्दै आएका छन् । उनले भने, ‘मैले आफ्नो साथमा सिर्फ आफूले लगाएको कपडाबाहेक केही लगेको छैन ।’
उनले अफगानिस्तानको एयरपोर्टबाट देश छाड्दै गर्दा केही सरकारी अधिकारी तथा उनका परिवारसमेत सोही जहाजमा सवार थिए ।
अमेरिकी संसदमा जाँच गर्न माग
सुरूमा अमेरिकी संसदमा तत्कालीन अफगानिस्तानका राष्ट्रपति गनीमाथि जाँच गर्न माग गरिएको थियो । सांसदहरूले गनीले अथाह पैसा लिएको गएको भन्दै जाँच गर्न माग गरेका थिए ।
यस क्रममा सांसद तथा इन्स्पेक्टर जनरल फर अफगानिस्तान रिकन्स्ट्रक्शनका प्रमुखले भनेका थिए, ‘गनी पैसा लिएर भागेका छन्, यसको जाँच अब पूरा नहुन सक्छ, त्यसैले उनी र उनको बैंक खातामाथि अनुसन्धान हुन आवश्यक छ ।’ एजेन्सी
















आज चैत २५ गते बुधबारको राशिफल, कस्तो रहला तपाइको आजको दिन ?
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
प्रतिक्रिया