गजेन्द्र हमाल कांग्रेसकै कोटाबाट मन्त्री बनेका हुन् : प्रचण्ड
मेरोन्यूज
२०७८ असोज २३ गते १३:४९

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसको कोटाबाट गजेन्द्र हमाल मन्त्री बनेको बताएका छन् । सांसदसमेत नरहेका र प्रधानन्यायाधीशका आफन्तलाई मन्त्री बनाएको भन्दै चर्चा हुन थालेसँगै प्रचण्डले यस्तो बताएका हुन् ।
प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बनेको टिप्पणी सुरु भएसँगै चितवन पुगेका प्रचण्डले हमाल कांग्रेसकै नेता भएको र कांग्रेसकै कोटाबाट मन्त्री बनेको दाबी गरेका हुन् ।
यस्तै, सांसद नभएका व्यक्ति मन्त्री हुनु कुनै नयाँ कुरा नभएको समेत उनको भनाई थियो ।
सम्बन्धित
प्रतिक्रिया