एमालेमा ब्यक्ति पूजामात्रै छ : राजेन्द्र पाण्डे

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेले एमालेमा ब्यक्ति पूजा मात्र रहेको बताएका छन् । पार्टीभित्र वैचारिक राजनीतिक वहस नहुने र त्यहाँ ओलीबाद मात्र रहेको भन्दै उनले ओलीको ब्यक्ति पूजामात्र एमालेमा रहेको बताएका हुन् ।
हालै एमालेले सम्पन्न गरेको विधान महाधिवेशनमा ओलीको महिमामण्डन गर्न गरिएको तयारी र त्यसभित्र ओलीको विरोधीलाई बोल्न, समुह नेता बन्न रोकेका कारण पनि एमालेमा वैचारिक वहस नै अव सकिएको पाण्डेले बताएका हुन् ।
एमाले विचलनबादी र राष्ट्रिय आत्मसमर्पणवादी धारको अगुवा गर्ने पार्टी भएको र आफनो पार्टी नेकपा एकीकृत समाजवादी पार्टी भने सशक्त कम्युनिष्ट धारको नेतृत्व गर्ने पार्टी भएको पनि पाण्डेले बताए ।
काठमाडौँ महानगरपालिका–१५ स्वयम्भू वडा कमिटीले दसैं तिहारलगायत विभिन्न पर्वका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा पाण्डेले लोकतान्त्रिक मूल्य मान्यताका आधारमा सामूहिक निर्णय नेकपा एकीकृत समाजवादी पार्टीमा हुने जिकिर गरे ।
पार्टीका सचिव जीवनराम श्रेष्ठले एमालेमा एकल नेतृत्व हाबी भएकाले आफूहरुले अन्तरसङ्घर्ष गरी त्यसलाई सच्याउन खोजेको भए पनि नेतृत्व तयार नभएपछि पार्टीमा विद्रोह गरी नयाँ कम्युनिष्ट पार्टी स्थापना गरिएको जानकारी दिए । उनले कम्युनिष्ट विचारलाई एकीकृत समाजवादीले मात्र अवलम्बन गरेको दावी गरे ।
काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले संसद् पटकपटक विघटन भएकाले संसद् विकास कोषबाट वडामा आउने सहयोगमा असर पुगेको बताउँदै यसले जनहितमा कार्य गर्न नसकिएको तथा स्थानीय विकासमा समस्या आएको बताएका थिए ।
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया