बिहीबार, जेठ १, २०८२

जुम्ला जाँदै गरेको बस दुर्घटना, थप विवरण आउन बाँकी

मेरोन्यूज २०७८ असोज २३ गते २१:४८

काठमाडौँ । जुम्ला जाँदै गरेको यात्रुबाहक बस दुर्घटना भएको छ । सुर्खेतबाट जाँदै गरेको बस दैलेखमा दुर्घटना भएको हो ।

कर्णाली राजमार्गअन्तर्गत दैलेख दुल्लु नगरपालिका १ दारेभिरमा बस दुर्घटना भएको हो । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ७ जना सामान्य घाइते भएको दैलेख जिल्ला प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा अछाम घर भएका भक्तबहादुर शाही रहेको प्रहरीले जनाएको छ । सुर्खेतबाट जुम्ला हिँडेको ना ६ ख ९२२ नम्बरको बस अनियन्त्रित भई शनिबार राति करिब ८ बजे दुर्घटना भएको हो ।

बसमा झण्डै ५० जना यात्रु सवार रहेको प्रहरीले जनाइएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया