भारतका गृह राज्यमन्त्री अजय मिश्राको छोरा पक्राउ
मेरोन्यूज
२०७८ असोज २४ गते ११:२३

काठमाडौं । उत्तर प्रदेशको लखिमपुर खिरीका किसानहरुलाई गाडीले कुल्चिएर हत्या गरेको अभियोगमा भारत केन्द्रीय सरकारका गृह राज्यमन्त्री अजय मिश्राको छोरालाई प्रहरीले पक्राउ गरेको छ । गृह राज्यमन्त्री मिश्राको छोरा आशिषलाई प्रहरीले पक्राउ गरेको हो ।
शनिबार प्रहरीले उनीसँग १२ घण्टासम्म सोधपुछ गरेको थियो । डिआईजी उपेन्द्र अग्रवालले घटनाबारे सोधपुछ गर्ने क्रममा आशिषले सहयोग नगरेको र उत्तर दिनबाट पन्छिन खोजेकोले उनलाई न्यायिक हिरासतमा पठाइएको जानकारी दिएका छन् ।
आशिष मिश्रा लखिमपुर खिरीको तिकुनिया किसान हत्याकाण्डका मुख्य आरोपी हुन् । सरकारले ल्याएको एक कानुनविरुद्ध लामो समयदेखि आन्दोलनरत किसानहरुको र्यालीमा सहभागीहरुलाई पछाडिबाट कारले ठक्कर दिएर हत्या गरेको आरोप उनीमाथि लागेको छ । ३ अक्टुबरको यो घटनामा चार जना किसानहरुको मृत्यु भएको थियो ।
सम्बन्धित


















यी हुन् कांग्रेस बैठकका ८ बुँदे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै
प्रतिक्रिया