बोको हरामले ३० बालबालिका अपहरण गरेको आशंका

काठमाडौँ । नाइजेरियामा कम्तीमा ३० जना बालबालिका अपहरणमा परेका छन् । नाइजेरियाको उत्तरपश्चिमी क्षेत्र केबीको एक विद्यालयबाट बालबालिका अपहरणमा परेका हुन् ।
यहाँको विद्यालयबाट बिहीबार ती बालबालिकालाई अपहरण गरेर लगिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सो विद्यालयबाट यसअघि केही बालबालिका अपहरणमा परेका थिए ।
यहाँ सशस्त्र विद्रोह गरिरहेको बोको हराम समूहले ती बालबालिका अपहरण गरी लगेको बताइएको छ । यद्यपि, सो समूहले जिम्मेवारी लिएको छैन । तर, यसअघि बोको हराम समूहले बालबालिकालाई विद्यालयबाट नै अपहरण गरी लैजाने गरेकाले यी ३० जनालाई सोही समूहले लगेको प्रहरीले अनुमान गरेको हो ।
उक्त विद्रोही समूहले विद्यालयबाट जबर्जस्त बालबालिकालाई अपहरण गरी लैजाने र आफ्नो विद्रोही समूहमा लगाउने गरेको छ । यहाँका प्रहरी अधिकारीले ती बालबालिकाको खोजी कार्य सुरु गरेको जनाएका छन् ।









निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग हुनुपर्छ : राष्ट्रपति पौडेल
सीटीईभीटीको उपाध्यक्ष पदका लागि दरखास्त आह्वान
काठमाडौं विश्वविद्यालयको दीक्षान्त समारोह आज
निर्वाचन आउन ८५ दिन बाँकी: आयोगले केही मतदानस्थलको पुनरावलोकन गर्दै
कस्ताे रहला आजको मौसम ?
एमालेमा युवा नेत्री केन्द्रीय सदस्यका दावेदार
जनार्दन शर्मालाई गृहजिल्लामै कालो झण्डा
जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै कर्णाली
एनपीएल : ४ टोली च्याम्पियन बन्ने दौडमा
जनकपुरलाई कर्णालीले दियो १३० रनको लक्ष्य
प्रतिक्रिया