पाकिस्तानको राजधानीमा डेङ्गुको सङ्क्रमण

इस्लामावाद । पाकिस्तानको राजधानी इस्लामावादमा डेङगुका घटनाहरू बढिरहेका पाकिस्तानी सञ्चार माध्यमहरूले जनाएका छन् ।
चौबिस घण्टाको अवधिमा इस्लामाबादमा १४६ थप विरामीमा डेङ्गुको सङ्क्रमण पुष्टि गरिएको छ भने यो अवधिमा एकको मृत्यु भएको एआरवाई न्युजले स्थानीय अधिकारीलाई उद्धृत गरी आइतबार जनाएको छ ।
संघीय राजधानीमा यो बर्ष अहिलेसम्म दुई हजार ८६७ जना डेङ्गुका कारण विरामी परेका छन् भने ११ जनाको मृत्यु भएको छ । पाकिस्तानी अधिकारीले डेङ्गुको संक्रमण दर उच्च भन्दै आवश्यक सावधानी अपनाउन स्थानीय नागरिकलाई सचेत बनाएका छन् ।
पञ्जाबमा शुक्रबारदेखि शनिबारसम्मको २४ घण्टाको अवधिमा डेङ्गुका ५४६ नयाँ संक्रमण देखिएकाले शनिबारको तथ्याङ्क बढी देखिएको समाचारमा जनाइएको छ ।
लाहोरमा ३६१ डेङ्गुु ज्वरोका बिरामी रहेको प्रान्तीय स्वास्थ्य सचिव इमरान सिकन्दर बालोचले बताए । (एजेन्सी)
–––
















राष्ट्रियसभा उपाध्यक्ष भण्डारी पार्टी जिम्मेवारीबाट अलग
विश्व बैंकको सहयोगमा ‘डिजिटल’ रूपान्तरण परियोजना कार्यान्वयन हुँदै
मन्त्री चौधरीसँग विश्व बैंकका देशीय निर्देशकको भेट
देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
दुई सय वर्ष पुरानो गगनेश्वर मन्दिर पुनर्निर्माण गर्दै काठमाडौँ महानगर
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु
प्रतिक्रिया