प्रकाशमानले भने– खेलमा भविष्य देख्नेहरुको जमात बाक्लियो

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले खेलमा भविष्य देख्नेहरुको जमात बाक्लिन थालेको बताएका छन् ।
मंगलवार गणेशमान सिंह स्पोर्ट कमिटीले आयोजना गरेको ‘टेनिस टुर्नामेण्ट २०२१’ मा बोल्दै नेता सिंहले आन्तरिक खेलले खेलाडीहरुलाई अवसर दिने बताउँदै खेलमा भविष्य देख्नेहरुको जमात बाक्लिन थालेको र खेलमा आकर्षित हुनेहरु बढ्न थालेको बताएका हुन् ।
उनले कोराना भाइरसको जोखिमका बेला पनि कमिटीले खेलाडीहरुलाई मध्यनजर गर्दै कार्यक्रम सञ्चालन गरेकोप्रति खुशी व्यक्त गरे ।
उनले आन्तरिक खेलले खेलाडीहरुको मनोबल बढाउने बताए । यो खेल टेबल टेनिसको इतिहासमा कोशेढुंगा साबित हुने गरी कमिटीले काम गर्ने विश्वास व्यक्त गर्दै नेता सिंहले खेलले नै मानसिक र शारीरिक रुपमा स्वस्थ राख्ने बताए ।
गणेशमान सिंह स्पोर्ट्स कमिटीले आयोजना गरेको ‘टेनिस टुर्नामेण्ट २०२१’ मंगलबारबाट शुरु भएको छ । टुर्नामेण्ट कार्तिक १६ गतेसम्म चल्नेछ भने यसमा ८ वर्ष उमेर समूहदेखि ६५ वर्षसम्मका खेलाडीहरुले भाग लिन पाउनेछन् ।
विजेताले ७ लाख २५ हजार धनराशी बराबरको पुरस्कार पाउने आयोजकले जनाएको छ ।
















इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
भारतीय दूतावासद्वारा नागरिकलाई इरानबाट तुरुन्त बाहिरन आग्रह
राष्ट्रियसभा अन्तर्गतका चार समितिका सभापतिको पदबहाली
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकलाई अध्यागमन विभाग बुझाइयो
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रतिक्रिया