मंगलबार, फागुन ६, २०८१

माओवादीबाट एमाले केन्द्रीय कमिटी बनेका नेताप्रति भीम रावलको आपत्ति

मेरोन्यूज २०७८ कार्तिक १२ गते १७:३२

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नेकपा माओवादी केन्द्रबाट केन्द्रीय कमिटीमा सदस्य थप गरिएको भन्दै आपत्ति जनाएका छन् । आज बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकमा उनले आपत्ति जनाएका हुन् ।

Advertisement
IMEnabil

शुक्रबार बसेको पार्टीको केन्द्रीय कमिटी बैठकमा माओवादीका नेताहरू कुन्दन कुशवाह र मोहम्मद समीरले सपथ लिएका थिए । उनीहरू माओवादीबाट एमालेमा लागेका नेता प्रभु साहनिकट रहेका थिए ।

उनीहरूलाई हालै मात्र एमालेले केन्द्रीय समितिमा मनोनय गरिएको थियो ।

प्रतिक्रिया