मंगलबार, फागुन ६, २०८१

सांसदहरुले भने– आयातित बिलेटमा अन्तशुल्क बढाउने सरकारको नीतिगत निर्णय अमान्य

मेरोन्यूज २०७८ कार्तिक १२ गते १७:३५

काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले स्वदेशी स्टिल उद्योगलाई धराशायी बनाउने गरी आयातित बिलेटमा अन्तशुल्क बढाउने सरकारको नीतिगत निर्णय मान्य नहुने चेतावनी दिएका छन् ।

सांसदहरु प्रकाश रसाइली, भिमसेनदास प्रधान र प्रमोद साहले स्वदेशी स्टिल उद्योगलाई धराशायी बनाउने गरी आएको सो नीति तत्काल फिर्ता नलिए अर्थमन्त्री जनार्दन शर्मालाई माफी नदिन नसकिने स्पष्ट पारे ।

सांसद रसाइलीले सरकारले बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमार्फत् ल्याएको सो नीतिले स्वदेशी स्टिल व्यवसायलाई धराशायी बनाउने सुनिश्चित भएको भन्दै आक्रोश व्यक्त गरे ।

शुक्रबार सिंहदरमा बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले स्टिल व्यवसायलाई धराशायी बनाउने गरी सरकारले निर्णय गरेको बताए ।

अर्का सांसद भिमसेनदास प्रधानले सरकारले स्वदेश स्टिल उद्योगलाई हतोत्साही बनाउने गरी नीति सरकारले ल्याएको भन्दै आपत्ति जनाए ।
उनले स्वदेशी उद्योगलाई धराशायी बनाउने र रोजगारी सिर्जना गरिरहेका ती उद्योगहरु चल्न नसक्ने गरी आयातित बिलेटमा अन्तशुल्क बढाउने गरी सरकारले भारतपरस्त नीति ल्याएको आरोप समेत लगाए ।

२४ वटा स्वदेशी स्टिल उद्योगलाई धराशायी बनाउने गरी ल्याएको सो नीति कुनै पनि हालत मान्य नहुने सांसद प्रमोद साहले बताए ।
उनले मन्त्रालयका अधिकारीहरु आफैले स्विकार गर्न नसक्ने सो निर्णय नेपालको स्वदेशी स्टिल उद्योगीहरुले कसरी स्विकार गर्न सक्छन भनि सरकारसँग प्रश्न गरे ।

पञ्चकन्या स्टिल प्रालिका प्रबन्ध निर्देशक प्रदिपकुमार श्रेष्ठ र साखः स्टिलका प्रबन्ध निर्देशक किरणप्रकाश साखःले स्वदेश स्टिल उद्योगमा वार्षिक करिव ३० अर्व नोक्सान हुने गरी सरकारले नीति ल्याएको भन्दै आपत्ति जनाए ।

साखः स्टिलका प्रबन्ध निर्देशक साखःले स्वदेशी उद्योगमा अर्बौको नोक्सान हुने गरी अन्तशुल्क बढाउने सरकारको निर्णय तत्काल फिर्ता लिने वातावरण बनाउन पनि समितिसँग माग गरे । प्रबन्ध निर्देशक साखःले सरकारले स्वदेशी स्टिल उद्योगको विकासका लागि चासो नदिएको आरोप समेत लगाए ।

Advertisement
IMEnabil

प्रतिक्रिया