सांसदहरुले भने– आयातित बिलेटमा अन्तशुल्क बढाउने सरकारको नीतिगत निर्णय अमान्य

काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले स्वदेशी स्टिल उद्योगलाई धराशायी बनाउने गरी आयातित बिलेटमा अन्तशुल्क बढाउने सरकारको नीतिगत निर्णय मान्य नहुने चेतावनी दिएका छन् ।
सांसदहरु प्रकाश रसाइली, भिमसेनदास प्रधान र प्रमोद साहले स्वदेशी स्टिल उद्योगलाई धराशायी बनाउने गरी आएको सो नीति तत्काल फिर्ता नलिए अर्थमन्त्री जनार्दन शर्मालाई माफी नदिन नसकिने स्पष्ट पारे ।
सांसद रसाइलीले सरकारले बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमार्फत् ल्याएको सो नीतिले स्वदेशी स्टिल व्यवसायलाई धराशायी बनाउने सुनिश्चित भएको भन्दै आक्रोश व्यक्त गरे ।
शुक्रबार सिंहदरमा बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले स्टिल व्यवसायलाई धराशायी बनाउने गरी सरकारले निर्णय गरेको बताए ।
अर्का सांसद भिमसेनदास प्रधानले सरकारले स्वदेश स्टिल उद्योगलाई हतोत्साही बनाउने गरी नीति सरकारले ल्याएको भन्दै आपत्ति जनाए ।
उनले स्वदेशी उद्योगलाई धराशायी बनाउने र रोजगारी सिर्जना गरिरहेका ती उद्योगहरु चल्न नसक्ने गरी आयातित बिलेटमा अन्तशुल्क बढाउने गरी सरकारले भारतपरस्त नीति ल्याएको आरोप समेत लगाए ।
२४ वटा स्वदेशी स्टिल उद्योगलाई धराशायी बनाउने गरी ल्याएको सो नीति कुनै पनि हालत मान्य नहुने सांसद प्रमोद साहले बताए ।
उनले मन्त्रालयका अधिकारीहरु आफैले स्विकार गर्न नसक्ने सो निर्णय नेपालको स्वदेशी स्टिल उद्योगीहरुले कसरी स्विकार गर्न सक्छन भनि सरकारसँग प्रश्न गरे ।
पञ्चकन्या स्टिल प्रालिका प्रबन्ध निर्देशक प्रदिपकुमार श्रेष्ठ र साखः स्टिलका प्रबन्ध निर्देशक किरणप्रकाश साखःले स्वदेश स्टिल उद्योगमा वार्षिक करिव ३० अर्व नोक्सान हुने गरी सरकारले नीति ल्याएको भन्दै आपत्ति जनाए ।
साखः स्टिलका प्रबन्ध निर्देशक साखःले स्वदेशी उद्योगमा अर्बौको नोक्सान हुने गरी अन्तशुल्क बढाउने सरकारको निर्णय तत्काल फिर्ता लिने वातावरण बनाउन पनि समितिसँग माग गरे । प्रबन्ध निर्देशक साखःले सरकारले स्वदेशी स्टिल उद्योगको विकासका लागि चासो नदिएको आरोप समेत लगाए ।
















इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
भारतीय दूतावासद्वारा नागरिकलाई इरानबाट तुरुन्त बाहिरन आग्रह
राष्ट्रियसभा अन्तर्गतका चार समितिका सभापतिको पदबहाली
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकलाई अध्यागमन विभाग बुझाइयो
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
प्रतिक्रिया