जेलबाट बाहिरिदा शारुख खानको छोराको भव्य स्वागत

काठमाडौँ । बलिउड बादशाहका उपमा पाएका शारुख खानका छोरा आर्यन २८ दिन लामो हिरासत बसाईपछि आफ्नो घर मन्नत फर्किएका छन् । लागू औषध मुद्दामा पक्राउ परेका उनलाई बिहीबार बेलुका मुम्बई उच्च अदालतले १४ वटा सर्तसहित धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
आर्यनलाई नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले २ अक्टोबरमा पानी जहाजमा आयोजना गरिएको ड्रग्स पार्टीबाट पक्राउ परेको थियो । यस प्रकरणमा उनीसहित २० जना पक्राउ परेका थिए ।
मिडियाको बाक्लो उपस्थितिका बीच उनी आर्थर रोडस्थित जेलबाट बाहिरिएका हुन् । उनका बुवा शाहरुख छोरालाई लिन जेलमै पुगेका थिए । उनको स्वागतमा मन्नतबाहिर सयौं प्रशंसक जम्मा भएर स्वागतमा आतसबाजी गर्दै नाराबाजी गरेका थिए । ‘राजकुमारलाई स्वागत छ’ लेखिएको ब्यानर समेत प्रदर्शन गरिएको थियो ।
आर्यनको रिहाईलाई भारतीय संचारमाध्यमले प्रत्यक्षप्रसारण गरेका थिए । अदालतले शुक्रबार नै रिहा गर्न भने पनि अदालती प्रक्रिया बाँकी हुँदा उनी शनिबार रिहा भएका हुन् ।
#WATCH Aryan Khan reaches his home ‘Mannat’ after being released from Arthur Road Jail in Mumbai
A large gathering of media personnel outside Shah Rukh Khan’s residence delayed the car’s entry into the residential premises pic.twitter.com/Zgay7BQQ8N— ANI (@ANI) October 30, 2021
















राष्ट्रियसभा उपाध्यक्ष भण्डारी पार्टी जिम्मेवारीबाट अलग
विश्व बैंकको सहयोगमा ‘डिजिटल’ रूपान्तरण परियोजना कार्यान्वयन हुँदै
मन्त्री चौधरीसँग विश्व बैंकका देशीय निर्देशकको भेट
देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
दुई सय वर्ष पुरानो गगनेश्वर मन्दिर पुनर्निर्माण गर्दै काठमाडौँ महानगर
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
प्रतिक्रिया