शनिबार, फागुन ३, २०८१

प्रधानन्यायाधीश विवाद

प्रधानन्यायाधीशले पठाए सम्मानजनक बर्हिगमनको प्रस्ताव

तीन सदस्यीय वार्ता टोली गठन

मेरोन्यूज २०७८ कार्तिक १४ गते १८:५०

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफ्नो सम्मानजनक बर्हिगमनको प्रस्ताव अघि सारेका छन् ।

Advertisement
IMEnabil

सर्वोच्चका न्यायाधीशहरुका साथै कानून ब्यवसायीहरुको छाता संगठन नेपाल बार एशोशिएसनले आन्दोलन चर्काएपछि प्रधानन्यायाधीश राणाले सम्मानजनक निकासको प्रस्ताव अघि सारेका हुन् । सर्वोच्चका न्यायाधीश मनोज शर्मामार्पmत उनले आफ्नो सम्मानजनक निकासको प्रस्ताव गरेका हुन् ।

उनको राजीनामा मागिरहेका न्यायाधीशहरू आइतबार पनि छलफलमा बसिरहेका बेला प्रधानन्यायाधीश जबराको प्रस्ताव न्यायाधीश मनोज शर्मामार्फत पुगेको थियो ।

न्यायाधीश शर्मामार्फत प्रस्ताव पठाएपछि प्रधानन्यायाधीशसँग छलफल गर्न न्यायाधीशहरू अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र मनोजकुमार शर्माको तीन सदस्य टोली बनाइएको छ । तीन सदस्यीय टोलीले आइतबार रातीसम्म छलफल गरी टुंगो लगाउने बताइएको छ ।
प्रधानन्यायाधीशको राजीनामा माग गर्दै सर्वोच्चका १५ जना न्यायाधीशहरुले इजलास बहिष्कार गर्दै आएका छन् ।

यता, आइतबारदेखि नेपाल बार एशोशिएसनले पाँच दिने अल्टिमेटम दिँदै चरणबद्ध आन्दोलन थालेको छ । बारले प्रधानन्यायाधीशले बुधबारसम्म राजीनामा दिनुपर्ने अल्टिमेटमसहित बुधबारसम्म हरेक दिन एक घण्टा कालोपट्टी बाँधेर विराेध गर्ने जनाएको छ ।

प्रधानन्यायाधीशले पछिल्लो समय सरकारमा समेत आफ्नो भागबण्डा खोजेको कुरा सार्वजनिक भएपछि विरोध हुन थालेको हो । त्यसअघि बरिष्ठ अधिवक्ता हरिकृष्ण कार्कीको संयोजकत्वका समितिले पेश गरेको प्रतिवेदन कार्यान्वयन गर्न आलटाल गरेको पनि उनीहरुको आरोप छ ।

प्रधानन्यायाधीश जबराको कारण न्यायपालिका धुमिल भएको, संवैधानिक न्याय प्रणालीलाई नेतृत्व दिन नसकेको, न्यायिक क्षेत्रको नेतृत्व असफल भएको, अदालतप्रतिको जनआस्थामा समेत आँच पुगेको लगायतका आरोप लगाउँदै आएको छ ।

नेपाल बार एसोसिएसन, सर्वोच्च अदालत बार एसोसिएसन, पूर्वन्यायाधीश फोरम, संवैधानिक कानून व्यवसायी मञ्च, चार जना पूर्व प्रधानन्यायाधीशले प्रधानन्यायाधीश जबराले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया