मंगलबार, फागुन ६, २०८१

प्रदेश १ का मुख्यमन्त्री आचार्यले पदबाट राजीनामा दिने

मेरोन्यूज २०७८ कार्तिक १५ गते १२:१८

काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्रीले राजीनामा दिने भएका छन् । नेकपा एमालेबाट मुख्यमन्त्री बनेका भीम आचार्यले पदबाट राजीनामा दिने भएका हुन् ।

Advertisement
IMEnabil

सोमबार बस्ने प्रदेश सभा बैठकमा उनले विश्वासको मतका लागि प्रस्ताव गर्ने कार्यक्रम रहेको थियो । तर, बहुमत नपुग्ने भएपछि उनले पदबाट राजीनामा दिने भएका हुन् ।

गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका आचार्यले राजीनामा दिन लागेका हुन् ।

९२ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा विश्वासको मत पाउनका लागि ४७ जनाको समर्थन आवश्यक पर्छ । तर, सत्ता पक्षसँग सभामुखसहित ४१ सांसद रहेका छन् ।

प्रतिक्रिया