यो वर्ष आयल निगम २० अर्ब घाटामा जान्छ : निर्देशक पौडेल

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले पेट्रोलियम पदार्थको मूल्य वृद्धिलाई राजनीतिक विषय नबनाउन आग्रह गरेका छन् । बिहीबार उनले पेट्रोलियम पदार्थको मूल्य वृद्धिलाई राजनीतिक विषय नबनाउन आग्रह गरेका हुन् ।
उनले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भइरहँदा नेपालमा मूल्य वृद्धि हुनु स्वभाविक भएको बताए । उनले नेपालमा तेलको मूल्य वृद्धि भएको विषयलाई अनर्गल ग्रचार गरिरहेको बताउँदै राजनीतिक दल र तिनका भातृ संगठनहरुले यसलाई राजनीतिक विषय बनाएको आरोप लगाएका हुन् ।
अन्तर्राष्ट्रिय बजारमा प्रतिलिटर ७ रुपैयाँ तेलको मूल्य बढ्दा नेपालमा ३ रुपैयाँ मात्र बढाइएको बताउँदै निर्देशक पौडेलले यसले जनतालाई मारमा नपार्ने बताएका थिए । उनले विश्व राजनीतिमा उतारचढाव हुँदा तेलको मूल्य बढिरहेको भन्दै आगामी दुई वर्ष तेलको मूल्य स्थिर हुन नसक्ने बताए ।
‘यो सरकारी संस्था हो, अस्वभाविक हुँदैन, सबै चिज पारदर्शी नै हुन्छ, अस्वभाविक भनेर हामीले सोच्नु नै सरकार, निगमप्रति पूर्वाग्रही ढंगले सोचिएको हो, यो १०० प्रतिशत स्वभाविक हो, यो स्वभाविक हुनलाई धेरै तथ्य, तथ्यांक भन्नै पर्दैन,’ पौडेलले भने, ‘बजारमा लिक्विडिडी अभावको स्थिती हेर्नुहोस्, अन्तर्राष्ट्रिय बजारमा डलरको गिरावट हेर्नुहोस्, अन्तर्राष्ट्रिय मुद्राको मौज्दातको, घाटकोे स्थिती हेर्नुहोस्, एक वर्षअघि कति मूल्य थियो आज कति छ हुर्नुहोस्, डबल मूल्य बढिसकेको छ, बैंकमा लिक्विडिडीको अवस्था हेर्नुहोस्, यी सबै चिजले यसलाई अस्वभाविक कसरी भन्ने ? यो विषय उपभोक्ता मारमा पर्ने भन्ने विषय नै होइन, तेल भनेको राजनीतिक कुरा होइन, सार्वजनिक कुरा हो ।’
निर्देशक पौडेलले नेपाल आयल निगम गत वर्षको जनवरीदेखि नै घाटामा रहेको बताउँदै मूल्य बढेपछि अहिलेसम्म ३३ रुपैयाँसम्म मूल्य समायोजन भइसकेको बताउँदै पछिल्लो २ वर्षमा १७÷१८ रुपैयाँ घटाएको बताए । उनले जिम्मेवार सञ्चार माध्यममा आएका समाचार निगमको कुरालाई विश्वास गर्न आग्रह गरे । उनले निगमले अहिलेसम्म तथ्यांक नलुकाएको दाबी गर्दै निगमलाई तथानाम गाली गलौज गर्नु अर्थतन्त्र सिध्याउने काम मात्र भएको धारणा राखे ।
उनले अहिले निगम डिजेलमा प्रतिलिटर १५ रुपैयाँ, पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र एलपी ग्यासमा ७२० रुपैयाँ घाटामा रहेको बताए । उनले यस आर्थिक वर्षमा निगमले जति नै मूल्य बढाए पनि २० अर्ब घाटामा जाने दाबी गरे । उनले यस वर्षमा पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १४० रुपैयाँ पुग्ने बताउँदै यसमा अन्यथा मान्नु नहुने बताए ।

















कतारमा संदिग्ध १० इरानी जासुस पक्राउ
इरानमा आक्रमणकाे विराेध गर्दै चिनिया विदेशमन्त्रीकाे इजरायलका विदेशमन्त्रीलाई फाेन
निर्वाचन आउन एक दिन बाँकीः सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको भनाइ
आजकाे विदेशी मुद्राको विनिमयदर : युराे घट्याे
आजको मौसम कस्ताे छ ?
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानले आज फेरी गर्याे मध्यपूर्वका २७ अमेरिकी अड्डाहरूमा आक्रमण
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
मतदातालाई ओलीको भिडिओ सन्देश- तपाईंले एउटा बाटो रोज्नुपर्ने बेला आएको छ
प्रतिक्रिया