शनिबार, फागुन ३, २०८१

संविधान र लोकतन्त्रको रक्षार्थ गठबन्धन बनेको हो : ऊर्जा मन्त्री भुसाल

मेरोन्यूज २०७८ कार्तिक १८ गते १५:५१

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले प्रतिगमनको खतरा रहँदासम्म वर्तमान कायम रहने बताएकी छन् । राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षा गर्ने प्रतिबद्धता व्यक्त गरेर गठबन्धनको सरकार बनेको बताउँदै उनले भनिन्, ‘जनताको आकांक्षालाई सम्बोधन गर्न र उपलब्धी रक्षा गर्न गठबन्धन बनेको हो ।’

Advertisement
IMEnabil

ललितपुरको ठेचोमा आज आयोजित नवदुर्गा भवानीदेवी मन्दिर उद्घाटन तथा गोदावरी नगरपालिकाद्वारा स्थापित अक्षयकोष रकम सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रममा मन्त्री भुसालले गठबन्धन सरकारले जनताको चाहनाभन्दा बाहिर गएर कुनै पनि काम नगर्ने स्पष्ट पारिन् ।

आफू निर्वाचनमा जाँदा कला र संस्कृतिको संरक्षण गर्ने प्रतिवद्धता व्यक्त गरेअनुसार काम भएको बताउँदै उनले भनिन्, ‘हाम्रो ललितपुर, कला संस्कृति र सम्पदाले सम्पन्न छ, त्यसको संरक्षण र विकास गर्ने गर्नुपर्छ, सोही अनुसार काम भइरहेको छ ।’

विं.सं. २०७२ को भूकम्पले क्षति पुर्याएका मठ मन्दिरहरू जनप्रतिनिधिको पहल र सहयोगमा निर्माण सम्पन्न हुँदै गएको बताउँदै मन्त्री भुसालले बताइन् । उनले कोरोना भाइरस (कोभिड–१९)का कारण स्रोत र साधन अन्येत्र लैजानु परेको तथा काम सम्पन्न गर्न ढिलाई भएको जानकारी गराइन् ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य राजकाजी महर्जनले ललितपुरको कला संस्कृतिलाई संरक्षणमा आफूले निरन्तर प्रयास गरिरहेको र आगामी दिनमा प्रतिबद्ध भएर काम गर्ने बताइन् । ललितपर महानगरका प्रमुख चिरीबाबु महर्जनले जनताको आकांक्षाअनुसार नै सम्पदाको पुनःनिर्माणका भइरहेको बताए ।

गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले ५० लाख रुपैयाँको अक्षय कोषमा स्थापना भएसँगै यहाँको देवीको जात्रा एवं पूजापाठका लागि कुनै पनि समस्या नहुने बताए ।

प्रतिक्रिया