सुडानी सेनाले पक्राउ परेका चार मन्त्रीलाई रिहा गर्ने
काठमाडौँ । सुडानका शीर्ष जनरलले बर्खास्त गरिएको सरकारका चार मन्त्रीहरूलाई रिहा गर्न आदेश दिएका छन् । सरकारी समाचार एजेन्सीका अनुसार उनीहरूलाई गत हप्ता व्यापक रूपमा निन्दा गरिएको सैन्य विद्रोहको बीचमा हिरासतमा राखिएको थियो ।
यद्यपि, अपदस्थ अधिकारीहरूका बचाव पक्षका वकिल मोएज हाद्राले मन्त्रीहरूलाई रिहा गर्न बाँकी रहेको बताएका छन् । सुना समाचार एजेन्सीले जनरल अब्देल फत्ताह बुरहानले सूचना तथा संस्कृतिमन्त्री हम्जा बलौल, सञ्चार मन्त्री हाशिम हसबेल रसौल, व्यापार तथा अन्तर्राष्ट्रिय सहयोग मन्त्री अली गेदोउ र मन्त्री युसेफ आदमका लागि उक्त निर्णय जारी गरेको जनाएको छ ।
संकट समाधानका लागि नागरिक संक्रमण कालीन सरकार पुनःस्थापना गर्न अन्तर्राष्ट्रिय दबाब बढ्दै गएको छ । यसैबीच आन्दोलनकारी र अधिकारकर्मीले कार्यकर्ता र विपक्षी नेताहरूविरुद्ध व्यापक गिरफ्तारी अभियान चलाउने चेतावनी दिएका छन् ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बिहीबार टेलिफोनमा जनरल बुरहानलाई सुडानमा राजनीतिक संकट समाधान गर्न र तत्काल संवैधानिक व्यवस्था र सुडानको संक्रमण कालीन प्रक्रियालाई पुनर्स्थापना गर्न कदम चाल्न आग्रह गरेका थिए ।
संयुक्त राष्ट्रसंघ प्रमुखले पूर्व प्रधानमन्त्री अब्दल्ला हाम्डोक र मनोमानी रूपमा हिरासतमा राखिएका अन्य नागरिकहरूको रिहाइको लागि आफ्नो आह्वान पुनः दोहोएका थिए ।

















जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीको फराकिलाे अग्रता
दैलेख–२ मा एमालेका पोखरेल अगाडि
काठमाडौँका १० वटै क्षेत्रमा रास्वपाको क्लिनस्वीप
काठमाडौँ–४ मा रास्वपाका बम निर्वाचित
चितवन–२ मा रास्वपा सभापति लामिछाने विजयी
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’
बाख्रामा ‘पिपीआर’ रोगको सङ्क्रमण पुष्टि
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
प्रतिक्रिया