शनिबार, फागुन ३, २०८१

सुडानी सेनाले पक्राउ परेका चार मन्त्रीलाई रिहा गर्ने

मेरोन्यूज २०७८ कार्तिक १९ गते १४:१२

काठमाडौँ । सुडानका शीर्ष जनरलले बर्खास्त गरिएको सरकारका चार मन्त्रीहरूलाई रिहा गर्न आदेश दिएका छन् । सरकारी समाचार एजेन्सीका अनुसार उनीहरूलाई गत हप्ता व्यापक रूपमा निन्दा गरिएको सैन्य विद्रोहको बीचमा हिरासतमा राखिएको थियो ।

Advertisement
IMEnabil

यद्यपि, अपदस्थ अधिकारीहरूका बचाव पक्षका वकिल मोएज हाद्राले मन्त्रीहरूलाई रिहा गर्न बाँकी रहेको बताएका छन् । सुना समाचार एजेन्सीले जनरल अब्देल फत्ताह बुरहानले सूचना तथा संस्कृतिमन्त्री हम्जा बलौल, सञ्चार मन्त्री हाशिम हसबेल रसौल, व्यापार तथा अन्तर्राष्ट्रिय सहयोग मन्त्री अली गेदोउ र मन्त्री युसेफ आदमका लागि उक्त निर्णय जारी गरेको जनाएको छ ।

संकट समाधानका लागि नागरिक संक्रमण कालीन सरकार पुनःस्थापना गर्न अन्तर्राष्ट्रिय दबाब बढ्दै गएको छ । यसैबीच आन्दोलनकारी र अधिकारकर्मीले कार्यकर्ता र विपक्षी नेताहरूविरुद्ध व्यापक गिरफ्तारी अभियान चलाउने चेतावनी दिएका छन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बिहीबार टेलिफोनमा जनरल बुरहानलाई सुडानमा राजनीतिक संकट समाधान गर्न र तत्काल संवैधानिक व्यवस्था र सुडानको संक्रमण कालीन प्रक्रियालाई पुनर्स्थापना गर्न कदम चाल्न आग्रह गरेका थिए ।

संयुक्त राष्ट्रसंघ प्रमुखले पूर्व प्रधानमन्त्री अब्दल्ला हाम्डोक र मनोमानी रूपमा हिरासतमा राखिएका अन्य नागरिकहरूको रिहाइको लागि आफ्नो आह्वान पुनः दोहोएका थिए ।

प्रतिक्रिया