प्रदेश १ को नामकरण चाँडै टुंगो लाग्छ : मुख्यमन्त्री राई
मेरोन्यूज
२०७८ कार्तिक १९ गते २१:२२
काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नामकरणबारे संसद्मा छलफल गरेर चाँडै टुंगो लगाउने बताएका छन् ।
संखुवासभाको तुम्लिङ्टार विमानस्थलमा पत्रकारसँग आज कुरा गर्दै मुख्यमन्त्री राईले प्रदेशको नामकरण पहिचान, बहुपहिचानका आधारमा सहमतिबाट छलफल गरी टुंगो लगाउने बताएका हुन् ।
नामकरणका लागि पहिचान बोकेका कोशी, किराँत र सगरमाथाबाट छलफल प्रारम्भ गरिने मुख्यमन्त्री राईले बताए । प्रदेशको नामकरणका लागि सर्वदलीय बैठक राखेर वा दलका प्रमुखसँग छलफल गरिने उनको भनाइ थियो ।
उनले विगतको सरकारले संसद्मा छलफल तथा प्रयास नगरेका कारण प्रदेशको नामकरण अहिलेसम्म हुन नसकेको बताए । नामकरणका लागि तिहारपछि संसद् सुरु हुनासाथ छलफल थाल्ने उनको भनाई थियो ।
सम्बन्धित
















वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया