प्रदेश १ को नामकरण चाँडै टुंगो लाग्छ : मुख्यमन्त्री राई
मेरोन्यूज
२०७८ कार्तिक १९ गते २१:२२
काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नामकरणबारे संसद्मा छलफल गरेर चाँडै टुंगो लगाउने बताएका छन् ।
संखुवासभाको तुम्लिङ्टार विमानस्थलमा पत्रकारसँग आज कुरा गर्दै मुख्यमन्त्री राईले प्रदेशको नामकरण पहिचान, बहुपहिचानका आधारमा सहमतिबाट छलफल गरी टुंगो लगाउने बताएका हुन् ।
नामकरणका लागि पहिचान बोकेका कोशी, किराँत र सगरमाथाबाट छलफल प्रारम्भ गरिने मुख्यमन्त्री राईले बताए । प्रदेशको नामकरणका लागि सर्वदलीय बैठक राखेर वा दलका प्रमुखसँग छलफल गरिने उनको भनाइ थियो ।
उनले विगतको सरकारले संसद्मा छलफल तथा प्रयास नगरेका कारण प्रदेशको नामकरण अहिलेसम्म हुन नसकेको बताए । नामकरणका लागि तिहारपछि संसद् सुरु हुनासाथ छलफल थाल्ने उनको भनाई थियो ।
सम्बन्धित
प्रतिक्रिया