राजनीति भागबण्डाबाट मात्रै राजदूत नियुक्ति नगरौँ : नेता श्रेष्ठ

काठमाडौँ । सत्ता गठबन्धन दलका नेता नारायणकाजी श्रेष्ठले राजदूत नियुक्तिमा केही साझा व्यक्ति छान्नु पर्ने बताएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले ३ जना राजदूत हुने व्यक्ति छाने पनि राजनीतिक भागबण्डासँगै साझा व्यक्तिलाई समेत नियुक्ति गर्नु पर्ने बताएका हुन् ।
आफ्ना सामाजिक सञ्जाल फेसबुकमार्फत नेता श्रेष्ठले आफूले अघिल्लो सरकारले नियुक्ति गरेका सबै राजदूत फिर्ता बोलाउने निर्णय बेठिक भएको भन्दै असहमति जनाएको समेत बताएका छन् । ‘संविधान, कानून र लोकतान्त्रिक मूल्य मान्यताविपरीत नियुक्ति गरिएका, असक्षम र व्यवहारबाट नेपाल सरकारको प्रतिनिधित्व नगर्ने पुष्टी भएका राजदूतहरुलाई मात्र फिर्ता बोलाउनु पर्दछ, सबैलाई एकमुष्ट रुपमा होइन,’ उनले भने, ‘यसो गर्दा हरेक सरकारले अघिल्लो सरकारले गरेका राजदूत फिर्ता बोलाउने परम्परा बन्छ ।’
उनले पार्टीहरुको भागबण्डाभन्दा छुट्टै साझा सूची बनाएर राजदूत नियुक्त गर्नु पर्ने अवस्था आएको बताए । ‘पार्टीहरुको भागबण्डाभन्दा छुट्टै साझा सूची बनाऔँ, कुनै पार्टीमा नलागेका देशभक्त, स्वच्छ, योग्य र प्रतिभावान व्यक्तिहरुले राष्ट्र सेवाको अवसर कहिल्यै नपाउने अवस्था बन्छ,’ उनले भने, ‘अन्याथा त्यो देश र व्यक्ति दुवैका लागि अन्याय हुन्छ, सामान्य बेलामा अमूर्त राम्रा कुरा गर्ने तर, लागू गर्ने चाहिँ स्वार्थजन्य यथास्थितिवादी परम्परा हुने गरेकाले यसलाई तोड्ने साहास गरौँ ।’

















मकवानपुरमा मोटरसाइकल दुर्घटना हुदा चालकको मृत्यु
One more Election Policeman dies in Baitadi
9 days left to go for HoR polls: EC reminds stakeholders of Election Code of Conduct
मिथिला मध्यमा परिक्रमाको महोत्तरी यात्रा पूरा , यात्री धनुषा प्रस्थान
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
सम्बोधनअघिको दबाबमा ट्रम्प
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
ट्राफिक प्रहरीद्वारा सात महिनामा ७६ लाखभन्दा बढी राजस्व सङ्कलन
सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
प्रतिक्रिया