२० महिनापछि अमेरिकी सीमा खुला हुँदै
काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)को पूर्ण मात्रा खोप लगाएका विदेशी यात्रुहरूलाई अमेरिकाले सोमबारदेखि आफ्नो सीमा खुला गर्दैछ । २० महिना लामो आवागमन प्रतिबन्ध अन्त्य गर्दै अमेरिकामा सोमबारबाट सो निर्णय लागू गर्न लागेको हो ।
पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड–१९ का कारण सन् २०२० को मार्च महिनामा उक्त प्रतिबन्ध लगाएका थिए । ब्रिटेन र युरोपेली संघका देशहरुसहित ३० भन्दा बढी देशहरु अमेरिकी नियमबाट प्रभावित हुँदा पारिवारिक पुर्नमिलन हुन पाएको थिएन ।
यस प्रतिबन्धको कारण पर्यटन क्षेत्रमा ठूलो धक्का पुगेको थियो ।
नयाँ नियमसँगै विमानसेवाहरुले आगन्तुकहरूको आउने जाने क्रम बढ्ने अपेक्षा गरेका छन् । आगन्तुकहरूको खोपको अवस्थालाई निकै सजगतापूर्वक हेरिने अधिकारीहरूले बताएका छन् । युनाइटेड एअरलाइन्सले अमेरिका आउने अन्तर्राष्ट्रिय यात्रु ५० प्रतिशतले बढ्ने अपेक्षा गरेको छ । डेल्टा एअरलाइन्सका प्रमुखले केही यात्रुहरु पालो पर्खेर बस्नु पर्ने अवस्था आउनसक्ने बताएका छन् ।
अब यात्रुहरूले उड्नुअगावै पूर्ण मात्रा खोप लगाएको प्रमाणपत्र, यात्राको तीन दिनभित्रको कोभिड नेगिटिभ देखिएको परीक्षण र आफ्ना सम्पर्क विवरणहरू बुझाउनु पर्नेछ । अन्तर्राष्ट्रिय रूपमा प्रयोगमा आएका सात मुख्य खोपहरूलाई त्यस क्रममा मान्यता दिइँदै छ ।
कोभिड फैलनबाट रोक्ने उद्देश्यले सन् २०२० को सुरुतिरै चिनियाँ यात्रुहरूलाई अमेरिका आउन रोकिएको थियो र त्यसपछि प्रतिबन्ध अन्य देशका लागि विस्तार गरिएको थियो ।
















परराष्ट्रमन्त्री खनाल मरिसस जाँदै
लेबनानमा भएको इजरायली आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा
‘टेलिकम प्याकेज’ सकिएपछि पनि सेवा निरन्तरतासम्बन्धी सुविधा ग्राहक आफैँले छनोट गर्नसक्ने
Chair Oli and leader Lekhak freed
Gold and silver prices decrease
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया