तराइमा पहिले भन्दा बढि जनशक्ति परिचालन भएको छ : महानिरीक्षक खनाल

काठमाडौं । सशस्त्र प्रहरि महानिरीक्षक शैलेन्द्र खनालले तराइका जिल्लामा पहिला भन्दा धेरै जनशक्ति परिचालन गरिएको बताएका छन् ।
सशस्त्र प्रहरि बल नम्बर १० गण सर्लाहीको नबनिर्मित भवनको सोमबार उद्घाटन गर्नु हुंदै महानिरीक्षक खनालले सिमा सुरक्षालाइ मजबुत बनाउन आगामि दिनमा बोर्डर आउट पोस्ट (बिओपि) को संख्या पनि बढाउंदै लैजाने बताए ।
सुरक्षा बेश हरुले न्युन जनशक्ति र सिमित श्रोत साधनका बाबजुद पनि उत्कृष्ट कार्य गरेको भन्दै उनले आगामि दिनमा समेत राज्यले दिएको जिम्मेवारी लाइ त्रुटि रहित ढंगले अनुशासित र जिम्मेवारीका साथ पुरा गर्न निर्देशन दिएका छन् ।
सशस्त्र प्रहरि बल तराईमा परिचालन भए पश्चात् चोरि तस्करि नियन्त्रण भइ राजश्वमा समेत वृद्धि भएको र तराइका जनताले पहिले भन्दा थप सुरक्षाको अनुभुती गर्न पाएको स्मरण गर्नु हुंदै उहाँले आगामि दिनमा समेत उत्कृष्ट कार्य गर्न मातहत कर्मचारिहरुलाइ निर्देशन दिएका छन् ।

सशस्त्र प्रहरि बल प्रति आम जनताले गरेको भरोसा लाइ कायम राख्दै आगामि दिनमा रास्ट्र र संगठन प्रति इमानदार , नैतिकवान,अनुशासित र उच्च समर्पणका साथ कार्य क्षेत्रमा खटिन समेत उनले निर्देशन दिए । कार्यक्रममा सर्लाहि जिल्लाका प्रमुख जिल्ला अधिकारि सहित सुरक्षा निकायका प्रमुख हरुको उपस्थिति रहेको थियो ।


















सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा मनाइयो आरोग्य दिवस
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
एकद्वार सेवा प्रणाली लागू गर्न गृह मन्त्रालयको नौ बुँदे निर्देशन
इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
प्रतिक्रिया