गृहमन्त्री खाँणको निर्देशन : व्यवसाय गर्न सहज वातावरण बनाइदिनु

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले व्यापार व्यवसायका लागि सहज वातावरण बनाइदिन प्रदेश २ को सुरक्षा निकायलाई निर्देशन दिएका छन् । मंगलबार जनकपुर उद्योग वाणिज्य संघको ज्ञापन पत्र बुझ्दै उनले उद्योग व्यवसाय गर्न सहज वातावरण बनाउन प्रदेश २ को सुरक्षा निकायलाई निर्देशन दिएका हुन् ।
मन्त्री खाँणले उद्योग क्षेत्रमा राष्ट्रव्यापी रुपमा समस्याहरु देखा परेकाले ती समस्याहरूलाई समाधान गर्न वर्तमान सरकार तत्पर रहेको बताए । उनले माल, समान ल्याउने क्रममा व्यापारीलाई अनावश्यक रुपमा दुःख नदिन सुरक्षा निकायका प्रतिनिधिलाई आग्रह गरे ।
उनले भाषा, संस्कृतिको विकासका लागि समेत सरकार गम्भीर रहेको बताउँदै भाषा र संस्कृतिलाई सरकारले सम्मान गरेको धारणा राखे । ‘वर्तमान सरकार सबै समुदायलाई सम्मान गर्दछ, र उद्योगी, व्यवसायीको स्वतन्त्र उद्योग, व्यवसाय सञ्चालन गर्न जुन माग गर्नु भएको छ,’ उनले भने, ‘त्यसमा सरकार सकारात्मक छ, र स्थानीय प्रशासनले, सुरक्षा निकायले उहाँहरुलाई उद्योग, व्यवसाय सञ्चालनमा अवरोध गर्ने होइन की सहयोग गर्नु पर्दछ ।’
उनले राष्ट्रिय राजनीतिक मूलधारमा नआएका पार्टीहरूसँग संवाद र छलफल गरी राजनीतिक मूलधारमा ल्याउने काम भइरहेको जानकारी दिए । उनले वर्तमान राजनीतिक परिस्थितिलाई सहजिकरणको दिशामा अगाडि बढाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे ।
















युरोपियन युनियनद्वारा अवैध इजरायली विस्तारको निन्दा
इरानसँगको वार्ताका लागि जेडी भान्स आइपुगे पाकिस्तान
कोलम्बिया–इक्वेडर व्यापार युद्ध चर्कियो
अध्यागमन विभागले भन्यो: वैदेशिक रोजगारीमा जाँदा थप बिल/रसिद बुझाउनु पर्दैन
‘ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो’:नारायणप्रसाद दाहाल
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया