सोमबार, चैत ३०, २०८२

कांग्रेस अधिवेशन : कैलालीमा ११ पालिकामा जिल्ला सभापतिको पक्ष विजयी

मेरोन्यूज २०७८ मंसिर २ गते ८:२७

कैलाली । नेपाली कांग्रेस कैलालीमा कात्तिक ३० गते भएको पालिका अधिवेशनबाट वर्तमान जिल्ला सभापति नर नारायण शाहको समूहले १३ वटा पालिकामध्ये ११ वटा पालिकामा जीत हासिल गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

जसमा शाहको प्यानलबाट धनगढी उपमहानगरपाकिकामा यज्ञराज उपाध्याय, गौरिगंगा नगरपालिकामा पहलविक्रम चन्द समूह, लम्किचुहा नगरपलिकामा इन्द्र कुँवर समूह, टीकापुर नगरपालिकामा नरेश खत्री समूह, भजनी नगरपालिकामा नवराज मिश्र समूह, चुरेगाउँपालिकामा हेम शाह समूह, जानकी गाउपालिकामा गणेश रेग्मी समूह रहेका छन् । यस्तै, बर्दगोरियामा कृष्ण विष्ट समूह, कैलारी गाउँपालिकामा कृष्ण चौधरी, मोहन्यालमा कमल साउद समूह, जोशीपुरममा वसिराम चौधरी वर्तमान पार्टी सभापति नारायण शाहको समूहबाट निर्वाचित भएको कांग्रेसले जनाएको छ ।

शाह समूहभन्दा बाहिर गोदावरी नगरपालिका वीरवहादुर चोखालको समूह र घोडाघोडी नगरपालिकामा बमबहादुर सिंहको समूहले जितेको छ । बुधबार भएको अधिवेशममा १३ वटापालिकामध्ये चारवटा पालिकामा सर्वसम्मत रुपमा नेतृत्व छानिएको हो । धनगढी उपमहानगरको सभापतिमा सहमति भए पनि अन्य पदाधिकारी र सदस्यमा भने सहमतिको प्रयास भइरहेको छ ।

शाह कैलालीमा दोस्रो कार्यकाल सभापति छन् । उनले सुदूरपश्चिचम प्रदेशमा सभापति लड्ने बताएका छन् ।कात्तिक २७ गते भएको पालिका अधिवेशमा पनि शाह पक्षधरका ६५ प्रतिशत क्षेत्रीय प्रतिनिधि निर्वाचित भएको दाबी गरिएको छ ।

कैलालीमा मंसिर ३ गते हुने प्रदेश अधिवेशन ६ गते हुने क्षेत्रीय अधिवेशन र १० गते हुने जिल्ला अधिवेशन हुने भएका छन् ।

प्रतिक्रिया