कानुन व्यवसायीलाई धम्की दिने दुई जना पक्राउ

काठमाडौँ । कानुन व्यवसायीहरूलाई धम्की दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार नेपाल बार एसोसिएसन परिसरभित्र पसेर कानुन व्यवसायीलाई धम्की दिने सिताराम श्रेष्ठ र तीर्थ ढकाल पक्राउ परेका हुन् ।
महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले बिहीबार राति नै उनीहरूलाई बौद्धबाट पक्राउ गरेको हो । उनीहरूले कानुन व्यवयसायीलाई अपशब्द बोल्दै दुर्व्यवहार गरी गाली गरेका थिए ।
उनीहरुले वकिललाई आन्दोलन नगर्न, गलत मुद्दा नउठान र जथाभावी नबोल्न धम्की दिएका थिए । उनीहरूले आन्दोलन गरिरहे बारभित्रै कुट्ने बताएका थिए । कानुन व्यवसायीलाई धम्की दिएपछि उपस्थित वकिलहरुले प्रतिकार गरेका थिए । लगत्तै उनीहरू बार परिसर बाहिर निस्केर भागेका थिए ।
उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दुवै जना टेकुस्थित परिसरको हिरासतमा छन् । बाँकी दुई जना भने फरार रहेको प्रहरीले जनाएको छ ।


















सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा मनाइयो आरोग्य दिवस
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
एकद्वार सेवा प्रणाली लागू गर्न गृह मन्त्रालयको नौ बुँदे निर्देशन
इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
प्रतिक्रिया