कानुन व्यवसायीलाई धम्की दिने दुई जना पक्राउ

काठमाडौँ । कानुन व्यवसायीहरूलाई धम्की दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार नेपाल बार एसोसिएसन परिसरभित्र पसेर कानुन व्यवसायीलाई धम्की दिने सिताराम श्रेष्ठ र तीर्थ ढकाल पक्राउ परेका हुन् ।
महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले बिहीबार राति नै उनीहरूलाई बौद्धबाट पक्राउ गरेको हो । उनीहरूले कानुन व्यवयसायीलाई अपशब्द बोल्दै दुर्व्यवहार गरी गाली गरेका थिए ।
उनीहरुले वकिललाई आन्दोलन नगर्न, गलत मुद्दा नउठान र जथाभावी नबोल्न धम्की दिएका थिए । उनीहरूले आन्दोलन गरिरहे बारभित्रै कुट्ने बताएका थिए । कानुन व्यवसायीलाई धम्की दिएपछि उपस्थित वकिलहरुले प्रतिकार गरेका थिए । लगत्तै उनीहरू बार परिसर बाहिर निस्केर भागेका थिए ।
उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दुवै जना टेकुस्थित परिसरको हिरासतमा छन् । बाँकी दुई जना भने फरार रहेको प्रहरीले जनाएको छ ।












निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई
गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया