झापामा दुई सभापति निर्विरोध, आठ निर्वाचित
काठमाडौँ । नेपाली कांग्रेस झापा क्षेत्र नं १ को प्रदेश ‘क’को सभापति पदमा हरि बुढाथोकी र ‘ख’को सभापति पदमा सन्तोष न्यौपाने निर्वाचित भएका छन् । झापामा प्रतिनिधिसभाको पाँच वटा र प्रदेश सभाको १० वटा निर्वाचन क्षेत्र छन् । जसमध्ये सबै प्रदेश क्षेत्रको निर्वाचन परिणाम शुक्रबार राति आइसकेको छ ।
नेपाली कांग्रेस झापाको प्रचार विभागका प्रमुख कृष्ण हुमागाईका अनुसार क्षेत्र नं २ को प्रदेश ‘क’को सभापतिमा लक्ष्मी आचार्य र ‘ख’को सभापतिमा किरण श्रेष्ठ निर्वाचित भएका हुन् । क्षेत्र नं ३ को प्रदेश ‘क’ र ‘ख’को सभापतिमा क्रमशः चिन्तामणि खरेल र तुलसीप्रसाद ओली निर्वाचित भएका छन् ।
क्षेत्र नं ४ को प्रदेश ‘क’ र ‘ख’को चुनावी नतिजाअनुसार सभापतिमा पदमा क्रमशः विनोद ढकाल र ख्याम सिटौला निर्वाचित भएका छन् । त्यसैगरी, क्षेत्र नं ५ को प्रदेश ‘क’ को सभापतिमा जीवनकुमार राई र प्रदेश ‘ख’को सभापतिमा रवि न्यौपाने विजयी भए ।
















नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
हर्मुज घाँटीमा छिट्टै ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
प्रतिक्रिया