शनिबार, वैशाख ५, २०८३

अर्थमन्त्री शर्माले पत्रकारलाई भने– सत्य कुरा लेख्नुस्

मेरोन्यूज २०७८ मंसिर ४ गते १४:४५

काठमाडौं । अर्थमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले पत्रकारहरुलाई सत्य कुरा लेख्न आग्रह गरेका छन् ।

पार्टी निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपाल एशोसिएट प्रदेश समितिले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले सत्य कुरा लेखेमा जनताप्रति न्याय हुने बताए ।

‘आजको सत्य के हो ? नेपाली राजनीतिको सत्य के हो ? नेपाली समाजको सत्य के हो ? आजको हाम्रो समग्र अवस्था के हो ? भन्ने कुरालाई स्थापित गर्नुस् । त्यो स्थापित गर्दा त्यहाँ कुन–कुन पात्र आईपुग्छन, त्यतातिर नहेर्नुस् । त्यसकारण सत्य कुरा स्थापित गर्न लागनु भयो भने त्यो जनताप्रति न्याय हुन्छ, राष्ट्रप्रति न्याय हुन्छ ।’– उनले भने ।

अर्थमन्त्री शर्माले मुलुकमा प्राप्त राजनीतिक परिवर्तनको नेतृत्व प्रचण्डको आँट र साहसबाट मात्रै सम्भव भएको भन्दै प्रचण्ड र माओवादी नेतृत्वमा मुलुकमा परिवर्तन आएको सच्याईलाई स्थापित गर्ने काममा लाग्न पनि पार्टी निकट पत्रकारहरुलाई आग्रह गरे ।

नेपाली राजनीतिको पछिल्लो विकासक्रम तीन दशकयता आईपुग्दाखेरी जनयुद्ध, जनआन्दोलनको एउटा प्रक्रियाबाट नेपाललाई सामन्तबादबाट मुक्त गर्दै समावेशी लोकतन्त्र स्थापित गर्न सकिएको उनको भनाई थियो ।

समावेशी लोकतन्त्रसम्म ल्याई पु¥याउनका लागि के–के सत्य हुन ? यो विचार कसले पैदा ग¥यो, यो अभियान कसले थालनी ग¥यो ? यो आँट कसले ग¥यो ? भन्ने कुरालाई स्थापित गर्नु, त्यो कुरालाई जनतासम्म लैजानु आज आवश्यक भएको अर्थमन्त्री शर्माले उल्ल्ेख गरे ।

अर्थमन्त्री शर्माले जनतालाई सही सूचना दिने र सरकारले गरेका कामहरुको जानकारी गराउने काममा पनि सञ्चार क्षेत्रमा आवद्ध संघ, संगठनहरुले जोड दिनुपर्ने जरुरी रहेको बताए ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

प्रतिक्रिया