आइतबार, वैशाख ६, २०८३

कास्कीमा माओवादी वडा अधिवेशन सम्पन्न

मेरोन्यूज २०७८ मंसिर ५ गते ११:५०

काठमाडौँ । यहाँका स्थानीय तहका वडामा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको वडा अधिवेशन सम्पन्न भएका छन् । पोखरा महानगरपालिका सहित अन्नपूर्ण, मादी, रुपा र माछापुच्छ्रे गाउँपालिकाका ७२ वडामध्ये अधिकांशमा शनिबार अधिवेशन गरिएको सो पार्टीका जिल्ला इन्चार्ज राजकाजी गुरुङले जानकारी दिए ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

उनका अनुसार केही वडामा आन्तरिक तयारी नपुगेकाले अधिवेशन नभए पनि अन्य सबैमा अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गरिएको छ । उनले भने, ‘पार्टी केन्द्रको निर्धारित कार्यतालिका अनुसारनै जिल्लाका स्थानीय तहका वडामा उत्साहजनक रुपमा अधिवेशन सम्पन्न भएका छन्, केहीमा बाहेक अन्यमा नेतृत्व समेत चुनिएको छ ।

प्रतिक्रिया