आइतबार, पुष ६, २०८२

सेयर बजारमा सामान्य सुधार

मेरोन्यूज २०७८ मंसिर ८ गते १७:०९

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजारमा सामान्य सुधार आएको छ ।

बुधबार शेयरबजार १.८२ अंकले बढेर दुई हजार सात सय ३४ दशमलव ९४ विन्दुमा पुगेको हो ।

त्यस्तै, बुधबार कारोबार रकममा पनि सामान्य वृद्धि भएको छ । करिब दुई अंकले बढेको बजारमा बधुबार ४ अर्ब २१ करोडको कारोबार भएको नेप्सेले जनाएको छ ।

नेप्सेका अनुसार बुधबार मैलुङ खोला जलविद्युत कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

त्यस्तै, आज गोर्खाज फाइनान्स, उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था, तेह्रथुम पावर कम्पनी, र एनआईसी एसिया लघुवित्तको शेयरमूल्यमा झण्डै २ प्रतिशतको गिरावट आएको छ ।

बुधबार बैंकिङ, ट्रेडिङ र जीवन बीमा उपसमूह ऋणात्मक भएका छन् भने बाँकी अन्य समूह धनात्मक भएका छन् ।

कारोबारको आधारमा बुधबार पनि नेपाल दूरसञ्चार कम्पनीको सबैभन्दा बढी कारोबार भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया