शुक्रबार, वैशाख ४, २०८३

एमाले महाधिवेशन

एमाले केन्द्रीय समिति विघटनअघि सहमति प्रयास

मेरोन्यूज २०७८ मंसिर १० गते २०:४१

चितवन । नेकपा एमालेको शुक्रबारबाट शुरु भएको दशौं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वबारे सहमति जुटाउन एमालेको अन्तिम केन्द्रीय समितिमा प्रयास गरिएको छ ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

महाधिवेशनको बन्दसत्र शुरु भएसँगै विघटन हुने केन्द्रीय समिति त्यसअघि नै सहमति जुटाउन चितवनको सौराहस्थित होटलमा छलफलमा जुटेको हो ।

केन्द्रीय समिति बैठक चितवन सौराहस्थित सेभन स्टार होटेलमा बस्दैछ । बेलुका ८ बजेदेखि बस्ने भनिए पनि बैठक अझै शुरु नभएको महाधिवेशनस्थलबाट मेरोन्यूजकर्मीले जानकारी दिए ।

अब बिधान महाधिवेशनले तय गरेको १५ पदाधिकारीको थप गर्ने कि के गर्ने सर्बसहमतिको आधारमा हुने भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिवार ल्याउने प्रस्तावले थाहा लाग्नेछ ।

बैठकमा स्थायी कमिटीले प्रस्ताव गरे अनुरुप बन्दसत्रमा पेस हुने कार्यक्रमलाई अनुमोदन गर्ने एमाले सचिव तथा प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए ।

उनकाअनुसार बैठकले महाधिवेशनको बन्दसत्रमा विधानका केही बुँदा संशोधनको लागि प्रस्ताव समेत गर्नेछ । महाधिवेशनको उद्घाटन समारोहमा सहभागी प्रधानमन्त्री, विभिन्न दलका नेता र कार्यकर्तालाई धन्यवाद ज्ञापन बैठकबाट गरिने ज्ञवालीले बताए ।

प्रतिक्रिया