आजको खेल जित्नै पर्ने दबाबमा नेपाल
मेरोन्यूज
२०७८ मंसिर १२ गते ९:०६

काठमाडौँ । आइसीसी महिला टि–२० विश्वकप एसिया छनोटमा नेपाल दबाबमा परेको छ । नेपालले आज अन्तिम तथा निर्णायक खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)लाई हराउनै पर्ने दबाबमा परेको हो ।
आजको खेलमा विजेता टोली शीर्ष स्थानमा हुँदै आगामी वर्ष हुने टि २० विश्वकप ग्लोबल छनोटमा स्थान बनाउने छ । दुवै टोली आफ्नो खेल जित्दै ग्लोबल छनोटमा स्थान बनाउने प्रसायमा रहेको छ ।
यूएई ४ खेलमा ४ जितका साथ ८ अंक बनाएर शीर्ष स्थानमा छ भने नेपाल ४ खेलमा ३ जित, १ हारसहित ६ अंकका साथ दोस्रो स्थानमा छ । नेपालले जितका साथै रन रेटमा समेत ध्यान दिनु पर्ने भएको छ ।
नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित हुँदा दोस्रो खेलमा भुटानलाई ८ विकेटले हराएको थियो । यस्तै, कुवेतलाई ९ विकेटले पराजित गरेको थियो । अन्तिम खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।
सम्बन्धित


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
प्रतिक्रिया