भारतबाट लागु औषध ल्याउँदै गरेका तीन पक्राउ
कञ्चनपुर । जिल्लाको पुर्नवास नगरपालिका ६ मिलनबजार क्षेत्रबाट सशस्त्र प्रहरीले आइतबार बिहान लागु औषध नेट्राभेट–१० सहित तीन जनालाई पक्राउ गरेको छ । से ४ प ३३००८ नम्बरको मोटरसाइकलमा भारततर्फबाट आउँदै गरेका तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कैलाली उपमहानरपालिका १ एलएनचोक बस्ने वर्ष २० का रोहित पार्की र सोही मोटरसाइकलको पछाडि बस्ने गोदावरी नगरपालिका १० मालाखेती बस्ने वर्ष २१ का आशिष भाट, ओलानी बस्ने वर्ष २१ का नीरज बडैलालाई नेट्राभेट १० नामक लागुऔषध ३० ट्याबलेटसहित पक्राउ गरिएको सशस्त्र प्रहरी बल शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले जानकारी दिए ।
उनका अनुसार तीनै जनाले लागु औषधसमेत सेवन गरेको अवस्थामा रहेका थिए । लागु औषधसहित उनीहरूको साथबाट तीन थान मोबाइल, नगद रकम एक हजार ४०० समेत बरामद गरिएको छ ।
लागु औषधसहित पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीमा बुझाइएको छ ।


















सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा मनाइयो आरोग्य दिवस
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
एकद्वार सेवा प्रणाली लागू गर्न गृह मन्त्रालयको नौ बुँदे निर्देशन
इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
प्रतिक्रिया