भारतबाट लागु औषध ल्याउँदै गरेका तीन पक्राउ
कञ्चनपुर । जिल्लाको पुर्नवास नगरपालिका ६ मिलनबजार क्षेत्रबाट सशस्त्र प्रहरीले आइतबार बिहान लागु औषध नेट्राभेट–१० सहित तीन जनालाई पक्राउ गरेको छ । से ४ प ३३००८ नम्बरको मोटरसाइकलमा भारततर्फबाट आउँदै गरेका तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कैलाली उपमहानरपालिका १ एलएनचोक बस्ने वर्ष २० का रोहित पार्की र सोही मोटरसाइकलको पछाडि बस्ने गोदावरी नगरपालिका १० मालाखेती बस्ने वर्ष २१ का आशिष भाट, ओलानी बस्ने वर्ष २१ का नीरज बडैलालाई नेट्राभेट १० नामक लागुऔषध ३० ट्याबलेटसहित पक्राउ गरिएको सशस्त्र प्रहरी बल शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले जानकारी दिए ।
उनका अनुसार तीनै जनाले लागु औषधसमेत सेवन गरेको अवस्थामा रहेका थिए । लागु औषधसहित उनीहरूको साथबाट तीन थान मोबाइल, नगद रकम एक हजार ४०० समेत बरामद गरिएको छ ।
लागु औषधसहित पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीमा बुझाइएको छ ।












निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई
गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
प्रतिक्रिया