एनएमबि बैंक एशियाकै उत्कृष्ट बन्न सफल

काठमाडौं । एनएमबि बैंक लिमिटेड एशियाकै उत्कृष्ट बैंक बन्न सफल भएको छ । एनएमबि बैंक एसियाकै सर्वोत्कृष्ट बैंकको रुपमा पुरस्कृत भएको बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनील केसीले जानकारी दिए ।
नेपाली बैंकिङ इतिहासमै पहिलोपटक एनएमबि बैंकले ‘बैंक अफ दि इयर एशिया २०२१’ अवार्ड हात पार्न सफल भएको छ ।
सबैको मेहनत र विश्वासले बैंकले यो अवार्ड पाउन सफल भएको सीईओ केसीले बताए ।
बेलायतको लन्डनबाट प्रकाशित हुने प्रसिद्ध म्यागजिन दि बैंकरको निर्णायक मण्डलले एनएमबि बैंकलाई छनोट गरेको हो ।
एशियाका ४८ देशका बैंकहरु यस अवार्डको प्रतिष्पर्धामा सहभागी थिए ।
‘बैंक अफ दि इयर अवार्ड’ सन् २००२ मा स्थापित भएको थियो । यो अवार्ड प्रत्येक देशको सर्वोत्कृष्ट बैंक तथा पश्चिमी युरोप, मध्यपूर्वी युरोप, एसिया अमेरिका, मध्यपूर्व र अफ्रिका गरी ६ वटा महादेशभरिकै सर्वोत्कृष्ट बैंकहरुलाई प्रदान गरिँदै आएको छ ।
उक्त उपाधि बैंकका अध्यक्ष, सञ्चालक समितिका सदस्यहरु तथा एनएमबिका प्रमुख कार्यकारी अधिकृतको उपस्थितिमा प्रधानमन्त्री शेरबहादुर देउवाले पुरस्कार प्रदान गरेका थिए ।










राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट
कालीकोटबाट कांग्रेसका तीन जनाको नाम सिफारिस
कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन
सभामुख घिमिरेसँग चिनियाँ राजदूतले गरे बिदाई भेट
एनआईसी एशिया बैंककाे सम्पत्ति लिलाम बिक्रीसम्बन्धी जानकारी लिलाम बिक्री पोर्टलमा
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया