एमालेप्रति लक्षित गर्दै शर्माले भने : हामी भीडमा हैन ब्यालेटमा विश्वास गर्छौं
मेरोन्यूज
२०७८ मंसिर १६ गते १३:४९

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको प्रचार प्रसार शालिन रुपमा गर्ने महाधिवेशन प्रचार प्रसार समितिले जनाएको छ ।
पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले हालै सम्पन्न नेकपा एमालेको महाधिवेशनलाई लक्षित गर्दै आफूहरूले होडबाजी गरेर भीड जम्मा नगर्ने बताए । उनले भने,‘ संगठनको शालिनता प्रदर्शन गर्ने धेरै भीड जम्मा हाम्रो ध्यान छैन ।’
उनका अनुसार अहिले महाधिवेशनमा एमालेले यति गर्यो भनेर होडबाजी गर्ने चलन रहेको छैन । ‘हामी भीडमा हैन ब्यालेट बक्समा विश्वास गर्छौं, त्यसैले हामी हाम्रो शक्ति आगामी चुनावमा ब्यालेट बक्समा देखाउँछौँ,’ उनले भने ।
सम्बन्धित

















इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन
संयुक्त राष्ट्र सङ्घद्वारा होर्मुज जलक्षेत्र पुनः खोल्ने इरानीे घोषणाको स्वागत
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
प्रतिक्रिया