नेप्से परिसूचकमा उच्च अंकको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा आज ४९.०४ अंकले गिरावट आई दुई हजार ५८४.६१ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.४६ अंकले ओरालो लागेर ४८७.२७ मा ओर्लेको छ ।
नेप्सेमा उच्च अंकको गिरावट देखिँदा त्यसको प्रभाव कारोबार रकममा समेत परेको छ । कूल २३१ कम्पनीको नौ लाख ३२ हजार ७३१ कित्ता शेयर तीन अर्ब ४१ करोड ३५ लाख ८९ हजार १२६ मूल्यमा खरिद बिक्री भए । शेयर कारोबार हुने साताको अन्तिम दिनको कारोबारपछि बजार पूँजीकरण ३६ खर्ब ३५ अर्ब ७६ करोड ४३ लाख ४० हजार बराबर पुगेको छ ।
नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर ओरालो लागेको छ । त्यसमा बैंकिङ १७.८८, व्यापार ३६.०५, होटल तथा पर्यटन ६२.३७, विकास बैंक १८९.०१, जलविद्युत् ६६.६५, वित्त ९३.३७, निर्जीवन बिमा २४५.८५, उत्पादन १५३.६७, अन्य ७५.६९, लघुवित्त ८४.४, जीवन बिमा २३०.८३, सामूहिक लगानी कोष ०.२ र लगानी १.४१ अंकले ओरालो लागेको छ ।
नेप्सेका अनुसार कारोबारका आधारमा बिहीबार पनि महालक्ष्मी विकास बैंक शीर्षस्थानमा रहेको छ । सो बैंकको १२ करोड ४३ लाख ३९ हजार ३०६ बराबरको कारोबार भयो । यस्तै हिमालयन डिस्टिलरी ११ करोड ७९ लाख १९ हजार २२, नेशनल हाइड्रोपावर १० करोड ९७ लाख ५० हजार ३४७, नेपाल दूरसञ्चार कम्पनी नौ करोड ८६ लाख ४७ हजार ४४ र नबिल बैंक नौ करोड १५ लाख ८८ हजार १०० बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
नेप्सेका अनुसार सामालिङ पावर ९.९९, न्यादी हाइड्रोपावर ९.९८, महिला लघुवित्त ८.५०, नेपाल एसबिआई बैंक १.६९ र सबैको लघुवित्तका लगानीकर्ताले १.६० प्रतिशतले कमाए । त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंक ६.८०, मैलुङ खोला जलविद्युत् कम्पनी ६.७५, शिवश्री हाइड्रोपावर ५.५७, युनाइटेड इदी मर्दी हाइड्रोपावर ५.४१ र गुडविल फाइनान्सका लगानीकर्ताले ५.३९ प्रतिशतले गुमाए ।

















सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
टी-२० विश्वकप: फाइनलमा पुग्न साबिक उपविजेता दक्षिण अफ्रिका र न्युजिल्यान्ड भिड्दै
ललितपुरमा दुई स्थानमा अस्थायी मतदान केन्द्र
निर्वाचनमा धार्मिक सद्भाव बिथाेल्न खाेज्ने तीनजना सुतली बमसहित पक्राउ
नगदसहित सिरहा क्षेत्र नं. ३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
मतदातालाई ओलीको भिडिओ सन्देश- तपाईंले एउटा बाटो रोज्नुपर्ने बेला आएको छ
खामेनीको मृत्युले विश्व तरंगित
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
प्रतिक्रिया